मुख्य समाचार
विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन |

प्रेस सेन्टर नेपाल रेडियो नेपाल शाखाको साधारणसभा सम्पन्न

यूथ टुडे समाचारदाता 3408+ समाचार ( )
प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेलले रेडियो नेपालले उत्पादन गर्ने सामग्रीहरु पाठकलाई न्याय गर्ने प्रकारको हुनुपर्नेमा जोड दिनुभयो ।
१४ वैशाख २०८०, बिहीबार

काठमाडौँ । प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ले सरकारी सञ्चारमाध्यमहरूले जनसरोकारका विषयलाई प्राथमिकताका साथ उठाउनुपर्ने बताउनुभएको छ । 

रेडियो नेपालको सभाहल सिंहदरबारमा आज सम्पन्न प्रेस सेन्टर नेपाल रेडियो नेपाल प्रतिष्ठान शाखाको वार्षिक साधारणसभामा अध्यक्ष सापकोटाले पछिल्लो राजनीतिक परिवर्तन र उपलब्धिहरूलाई संस्थागत गर्न पत्रकारहरूको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । 

अध्यक्ष सापकोटाले रेडियो नेपालले पुरानै शैली र परम्परागत कार्यक्रमहरूलाई परिवर्तन गरी समय सान्दर्भिक र जनमुखी कार्यक्रम उत्पादन तथा प्रशारणमा जोड दिनुपर्ने बताउनुभयो । 

उहाँले मुलुकका सम्पूर्ण पत्रकारहरूको हकहितका पक्षमा प्रेस सेन्टर नेपाल निरन्तर क्रियाशील रहेको बताउँदै हरेक आफ्नो क्षेत्रबाट मुलुकमा भइरहेको परिवर्तन जनतासामु पुर्‍याउनुपर्ने बताउनुभयो । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका प्रेस विज्ञ नरेन्द्र केसीले सरकारी सञ्चारमाध्यमहरूले समय सान्दर्भिक र जनमुखी प्रशारणमा ध्यान दिनुपर्ने बताउनुभयो । 

प्रेस विज्ञ केसीले प्रसारणको इतिहास बोकेको रेडियो नेपाललाई नयाँ उचाइमा पुर्‍याउन व्यवस्थापन र कर्मचारी मिलेर अघि बढ्नुपर्ने बताउनुभयो । 

प्रेस सेन्टर नेपालका उपाध्यक्ष एवम् प्रतिष्ठान प्रदेश समितिका इन्चार्ज विदुर खड्काले सरकारी सञ्चारमाध्यमको सुधारका लागि आफूहरू सक्दो सहयोग गर्न तयार रहेको बताउनुभयो ।

प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेलले रेडियो नेपालले उत्पादन गर्ने सामग्रीहरु पाठकलाई न्याय गर्ने प्रकारको हुनुपर्नेमा जोड दिनुभयो । 

प्रेस सेन्टर नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष अर्जुन श्रेष्ठले प्रेस सेन्टरमा आबद्ध पत्रकारहरू रेडियो नेपालको प्रसारण तथा गुणस्तर सुधारका लागि सदैव तयार रहेको बताउनुभयो । 

कार्यक्रममा प्रेस सेन्टर नेपाल रेडियो नेपाल शाखा र नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन रेडियो नेपालले संयुक्त रुपमा रेडियो नेपाल सञ्चालक समितिका सदस्य तिलकजङ्ग बुढाथोकीलाई सम्मान तथा बधाई ज्ञापन गरेको थियो । सो अवसरमा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष सापकोटाले खादा लगाई सम्मान गर्नुभयो । कार्यक्रम शाखाका अध्यक्ष अर्जुन श्रेष्ठको अध्यक्षतामा वार्षिक साधारणसभा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार