मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

मनोनयन दर्ता गर्ने उम्मेदवारहरूले १८ बुँदे प्रतिबद्धता गर्ने

महमूद आलम खान 1133+ समाचार ( )
निर्वाचन आयोगले उम्मेदवारहरुका लागि १८ प्रकारका प्रतिबद्धता व्यक्त गरेर निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनुपर्नेछ ।
१० वैशाख २०७९, शनिबार

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि आज र भोलि मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार स्थानीय तहका विभिन्न पदमा मनोनयन दर्ता गर्ने उम्मेदवारहरूले विभिन्न प्रतिबद्धता पनि व्यक्त गर्नुपर्नेछ ।

निर्वाचन आयोगले उम्मेदवारहरुका लागि १८ प्रकारका प्रतिबद्धता व्यक्त गरेर निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनुपर्नेछ ।

यस्ता छन् प्रतिबद्धता

१. संविधानप्रति निष्ठावान रहेको घोषणा गर्नुपर्नेछ ।

२. २१ वर्ष पूरा भएको नेपाली नागरिक भएको घोषणा गर्नुपर्नेछ ।

३. सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको घोषणा गर्नुपर्नेछ ।

४. स्थानीय तह निर्वाचनसम्बन्धी कुनै कानुनले अयोग्य नभएको घोणा गर्नुपर्नेछ ।

५. सरकारी अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल नरहेको घोषणा गर्नुपर्नेछ ।

६. सरकारी कोषबाट कुनै लाभको पद धारण नगरेको घोणा गर्नुपर्नेछ ।

७. कुनै सजाय पाएको भए तोकिएको अवधि पूरा गरेको र कालो सूचीमा नपरेको घोषणा गर्नुपर्नेछ ।

८. मनोनयन पत्र साथ पेस गर्नुपर्ने सबै कागजात पेस गरेको घोषणा गर्नुपर्नेछ ।

९. प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक बन्द सूचीमा नाम नरहेको घोषणा गर्नुपर्नेछ ।

१०. मनोनयन पत्र साथ पेस गरेको सम्पत्ति विवरण साँचो रहेको घोषणा गर्नुपर्छ ।

११. स्थानीय तहलाई कुनै जिन्सी वा नगदी बुझाउन बाँकी नरहेको घोषणा गर्नुपर्छ ।

१२. स्थानीय तहको ठेक्कापट्टा वा चल अचल सम्पत्तिसम्बन्धी व्यवहारमा संलग्न नरहेको । (तर सर्वोच्च अदालतले आफू उम्मेदवार हुने बाहेकका स्थानीय ठेक्कापट्टाको हकमा यो नियम लागू नगर्नू भनी अन्तरिम आदेश दिएको छ ।)

१३. सरकारी पेश्की, बेरुजु तिर्न बुझाउन बाँकी नरहेको घोषणा गर्नुपर्छ ।

१४. विदेशको स्थायी आवासीय अनुमति पत्र नलिएको घोषणा गर्नुपर्नेछ ।

१५. न्यायिक वा अर्धन्यायिक निकायको कैद सजाय, जरिबाना तिर्न बुझाउन बाँकी नरहेको घोषणा गर्नुपर्नेछ ।

१६. निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्ने प्रतिबद्ध रहेको घोषणा गर्नुपर्नेछ ।

१७. सीमाभित्र रही खर्च गर्न र खर्च सम्बन्धी आचरण पालना गर्न प्रतिबद्ध रहेको घोणा गर्नुपर्नेछ ।

१८. संविधान, कानुन र निर्वाचन ऐन नियम भित्र रही निर्वाचनमा भाग लिन प्रतिबद्ध रहेको घोषणा गर्नुपर्नेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार