मुख्य समाचार
हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा | बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न | बर्दियाको ठाकुरद्धारामा सडक नाटक तथा अभिनय क्षमता विकास तालिम सम्पन्न | निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग | विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण |

सरकारमा गएर मन्त्री नबन्ने गगन थापाको घोषणा

यूथ टुडे समाचारदाता 3412+ समाचार ( )
दलको नेता पराजित भएपछि पत्रकारलाई प्रतिक्रिया दिँदै महामन्त्री थापाले नयाँ बन्ने सरकारमा नजाने बताएका हुन् ।
६ पौष २०७९, बुधवार

काठमाडौं । संसदीय दलको नेता पराजित भएपछि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब सरकारमा गएर मन्त्री नबन्ने घोषणा गरेका छन् ।

दलको नेता पराजित भएपछि पत्रकारलाई प्रतिक्रिया दिँदै महामन्त्री थापाले नयाँ बन्ने सरकारमा नजाने बताएका हुन् । उनले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपनि आफु मन्त्री नबन्ने घोषणा गर्दै संसदीय दलको नेता बन्न प्रयास गर्ने बताएका हुन् ।

उनले भने, ‘म दलको नेतामा उम्मेदवार बनेको हुँ । स्वभाविकले नै संसदीय दलको नेता बन्ने प्रयास गर्छु । कांग्रेसकै नेतृत्वमा सरकार बनेपनि म मन्त्री बन्दिनँ । अरु साथीहरु जानुहोला । मेरो प्रयास दलको नेता बन्ने नै रहन्छ ।’

यसअघि स्वास्थ्यमन्त्री बनिसकेका थापाले यसपटक पनि महत्वपूर्ण मन्त्रालय सम्हाल्ने अनुमान गरिएको थियो । तर, थापा आफैले मन्त्री नबन्ने घोषणा गरेका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनकै क्रममा गगनले प्रधानमन्त्रीको उम्मेदवारका लागि मत मागेका थिए । निर्वाचन सम्पन्न भएपछि सत्तारुढ गठबन्धनको बैठमा सहभागी नगराएर सभापति शेरबहादुर देउवाले बाइपास गर्न थालेका थिए । यसैको आधारमा गगनले चाहेपनि देउवाले मन्त्री नबनाउने विश्लेषण हुने गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार