मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

दिगो वन संरक्षणकाे दिशामा नरैनापुर अगाडि

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
२४ मंगशिर २०८२, मङ्गलबार

बाँके । डिभिजन वन कार्यालय बाँकेको आयोजना र नरैनापुर सब–डिभिजन वन कार्यालयको समन्वयमा नरैनापुर गाउँपालिका–२ स्थित लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रको हलमा एक दिने वन अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले वन संरक्षणलाई स्थानीय तहको प्राथमिकतासँग जोड्दै दिगो उपयोग र सामुदायिक सहभागिता वन सुरक्षाको आधारस्तम्भ भएको उल्लेख गर्नुभयो ।

मुख्य सत्रमा सिनियर डिभिजन वन अधिकृत शंकरप्रसाद गुप्ताले वन संवर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन बारे विस्तृत प्रस्तुतीकरण गर्दै यसबाट वनको हैसियत मजबुत हुने, पैदावार आपूर्ति सहज र निरन्तर बन्ने, स्थानीय रोजगारी बढ्ने तथा उपभोक्ता समूहहरूको आम्दानीमा उल्लेख्य वृद्धि हुने तथ्य राख्नुभयो ।

हाल स्वीकृत नरैनापुर गाउँपालिका वन कार्य योजना अनुसार अघि बढ्ने कार्यक्रमहरूको विवरण प्रस्तुत गर्दै अधिकृत गुप्ताले वन अतिक्रमण नियन्त्रण, चोरी–निकासी रोकथाम तथा समूहको सक्रियता अपरिहार्य रहेकोमा विशेष जोड दिनुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी बलका डिएसपी विक्रम मणि अधिकारीले चोरी–निकासी, सितलाहार तथा अन्य अवैध गतिविधिबाट बच्ने तरिका, निगरानी प्रणाली र सुरक्षा उपायबारे व्यावहारिक तालिम प्रदान गर्नुभयो ।

स्थानीय जनप्रतिनिधि, उपभोक्ता समूहका सदस्यलगायत ७२ जना सहभागी उपस्थित रहेको कार्यक्रमको सञ्चालन तथा समापन सब–डिभिजन वन कार्यालय नरैनापुरका प्रमुख पुष्कर विश्वकर्माले गर्नुभयो ।

सहभागीहरूले दिगो वन व्यवस्थापन, सामुदायिक भूमिकाको सुदृढीकरण र वन सुरक्षा सम्बन्धी जागरूकता विस्तारमा कार्यक्रम अत्यन्त उपयोगी रहेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार