मुख्य समाचार
निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग | विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न |

नेपालगन्जमा जारी प्रादेशिक महोत्सव २०८१
पल शाहको क्रेजमा उर्लियो दर्शक, सोमबार गायक दुर्गेश थापा आउँदै

यूथ टुडे समाचारदाता 3409+ समाचार ( )
१३ माघ २०८१, आइतबार

नेपालगन्ज । नेपालगन्जमा जारी प्रादेशिक महोत्सव २०८१ को चौथो दिन आइतबार नायक पल शाहको क्रेजमा दर्शकको ओइरो लागेको छ ।

कालो पहिरनमा कालो चस्मा लगाएर टिमसहित स्टेजमा उक्लेका नायक पल शाहले हजारौं दर्शकमाझ आधा दर्जन गीतमा नृत्य प्रस्तुत गरेका थिए । मायालाई पानको पात…, म त ढले ढले…लगायतका चर्चित गीतमा नृत्य गर्दा युवायुवति निकै झुमेर नाचेका थिए ।

नायक शाहले क्रेजी दर्शकलाई आफ्नो आगामी १४ फागुनमा रिलिज हुन लागेको चलचित्र मायवीको प्रचारमा दर्शकलाई टिसर्ट उपहार दिएका थिए । क्रेजी दर्शकले मञ्चमै उक्लेर सम्मान गरेका थिए ।

आइतबार नायक शाह अघि चर्चित गायिका शान्तिश्रीको प्रस्तुती रहेको थियो । गायिका शान्तिश्रीले आफ्ना लोकप्रिय गीत रुकुमैकोट…, बन्दीपुरैमा…, अरेली काँडैले लगायतका आधा दर्जन बढी गीत गाएकी थिइन् । चिसो नेपालगन्जमा पारिलो घाम लागिरहेकोे बेला हरियो सारीमा ठाटिएकी शान्तिश्रीको गीतमा युवायुवती झुमेका थिए ।

अर्की गायिका अन्नुु चौधरीले दुःखसँगै सुख बाँडी…,दुई मुटु…,मरे भनें मरेको पल…,अलि अलि हँसाउँछु…लगायतका गीत प्रस्तुत गरेकी थिइन् ।

साँस्कृतिक व्यवस्थापन समितिका संयोजक मख्खनबहादुर धामीका अनुसार महोत्सवको पाँचौ दिन सोमबार चर्चित गायक दुर्गेश थापा, हास्यव्यङ्ग्य कलाकार तथा अभिनेता दीपकराज गिरी, दीपाश्री निरौलाको पनि प्रस्तुती हुनेछ । बाल गायक सुप्रिम मल्ल, लोक दोहोरी गायिका इब्सल सन्ज्याल र लोक दोहोरी गायक अर्जुन सापकोेटा आउने कार्यक्रम रहको छ ।

महोत्सव प्रचार समितिका संयोजक डम्बरबहादुर चन्दका अनुसार आइतबार पनि दर्शकको संख्या निकै उत्साहजनक रहेको बताए । उनले अब हरेक दिन दर्शक संख्या बढ्ने दाबी गरे ।

चौथो दिन पनि एकल नृत्य प्रतियोगिता र विभिन्न जातीय पहिचानका सांस्कृतिक कार्यक्रम भएको थियो । महोत्सवका साँस्कृतिक उपसमितिका वरिष्ठ सल्लाहकार सुन्दर गुरुङका अनुसार आइतबार पनि जिल्लाका थप सात वटा विद्यालयका प्रतिस्पर्धीहरुले प्रथम चरणका प्रस्तुती दिएका थिए ।

महोत्सवको मुख्य आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघ, बाँके, आयोजक नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौं, सह आयोजक नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश र सहकार्य क्यान महासंघ बाँके शाखासँग भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार