मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

धुमधामका साथ बाँकेमा आज मोहर्रम मनाइदै

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
मुस्लिम र हिन्दू समुदायले आज सामूहिकरुपमा मोहर्रम पर्व मनाउँदैछन्। मुस्लिम पात्रो अनुसार हिजरी संवत् १४४५ को मोहर्रम महीनाको आज १० तारिखका दिन यो पर्व धुमधामका साथ बाँके सहित संसार भरि मनाइँदै छ।
१३ श्रावण २०८०, शनिबार

बाँके । मुस्लिम र हिन्दू समुदायले आज सामूहिकरुपमा मोहर्रम पर्व मनाउँदैछन्। मुस्लिम पात्रो अनुसार हिजरी संवत् १४४५ को मोहर्रम महीनाको आज १० तारिखका दिन यो पर्व धुमधामका साथ बाँके सहित संसार भरि मनाइँदै छ।    

मुस्लिमको पर्व भए पनि सदियौँदेखि यहाँका हिन्दूले समेत सँगसँगै मनाउने एकमात्र पर्व नै मोहर्रम भएकाले यो पर्व दुवै सम्प्रदायबीच धार्मिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेलेको हिन्दु अगुवा रबि बर्माले बताए ।

मुस्लिम धार्मिक गुरु हजरत इमामे हुसैनको सम्झना स्वरुप मनाइने यो पर्वमा मुस्लिम धर्मगुरुको प्रतीकस्वरुप तहजियाको पूजा गर्ने प्रचलन रहेको छ।     

धार्मिक सहिष्णुता र भाइचाराको सम्बन्ध कायम गर्न हिन्दू समुदायले समेत मोहर्रमका अवसरमा शुभकामना आदानप्रदान गरी मनाउने गरेका हुन् । यता मुस्लिम धर्मावलम्बी र हिन्दू धर्मावलम्बीले आज उत्साह साथ मनाउने मोहर्रमका लागि जिल्लामा कागजको मूर्ति तहजियाको बिक्री बढेको छ।

हिन्दू र मुस्लिम धर्मावलम्बीले मनाउने चाड भए पनि पछिल्लो समय हरेक समुदायले घरघरमा ताहजिया राखी चाड मनाउने गरेका छन्।     

आजभन्दा एक हजार ४ सय ५० वर्ष अघि एजिदहरुले गरेको आक्रमणमा परी मारिएका इस्लामिक गुरु हजरत इमामे हुसैनको सम्झनामा तहजिया राखेर यो चाड मनाउने गरिएको छ ।

हुसैनको प्रतीकस्वरुप घरघरमा तहाजियाको पूजा गर्ने चलन रहेको छ । 

यता नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले शान्तिपुर्ण तरिकाले पर्व मनाउन अपिल गर्नु भएको छ भने शान्ति सुरक्षा कडा पार्न नेपाल प्रहरी र जनपद प्रहरी संग आग्रह गर्नु भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार