मुख्य समाचार
जमुनाहा नाकामा उपभोक्तामाथि दुर्व्यवहार: व्यवसायीको ‘चेकजाँच शैली’प्रति चौतर्फी विरोध | स्वास्थ्य चौकीमा लापरवाही : वडा अध्यक्ष टिकानाथ यादवको कडा निगरानी | राष्ट्रको ढुकुटीमा आँखा गाडेकाहरू डराए: गृहमन्त्री गुरुङ | इस्लामाबादमा दोस्रो चरणको वार्ता: इरानी प्रतिनिधि मण्डल र अमेरिकी उपराष्ट्रपति आउँदै | बेल्टार बजार आगलागी : दुई जनाको जलेर मृत्यु | भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द | तराई क्षेत्रमा तातो लहरको सम्भावना | गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग | कर्मचारीलाई १५/१५ दिनमा तलब दिने सरकारको निर्णय | दिपक भट्टको कम्पनीमा गृहमन्त्री सुधन गुरुङ्गदेखि पत्रकार लम्साल र यतीका साहुजीसम्म |

सन्दर्भ विश्व अल्जाइमर दिवस २०२३
अल्जाइमर (बिर्सिने रोग): कारण तथा निवारण

यूथ टुडे समाचारदाता 3318+ समाचार ( )
४ अशोज २०८०, बिहीबार

डा. मो. ऐनुद्दीन बागबान

अल्जाइमर रोगबारे जनचेतना एवं जागरुकता फैलाउन सन २०१२ देखि हरेक वर्ष २१ सेप्टेम्बरमा विश्व अल्जाइमर दिवस मनाइने गरिन्छ । प्रायः जसो ६० वर्षभन्दा वढी उमेरका मानिसहरू अल्जाइमरबाट पीडित हुन्छन्। आयु वृद्धिसँगै यो रोग धेरै व्यापक हुँदै गएको हुन्छ। पुरुषको तुलनामा महिलामा अल्जाइमर रोग अत्यधिक रुपमा बढ्ने गर्छ। यसले स्मरण शक्ति, सोच्ने क्षमता लगायत मानिसको व्यवहारलाई असर पार्ने गर्छ। यस्ता प्रकारका कुनै पनि लक्षण देखिएमा तुरुन्तै नशा तथा मनोरोग विशेषज्ञसँग परामर्श लिनुपर्दछ । लक्षणहरु :

 स्मरणशक्ति क्रमिकरूपमा कम हुँदै जानु।

 दैनिक काम गर्न पूरा गर्न नसक्नु, एउटै कुरा बारम्बार दोहोर्‍याइरहनु।

 नयाँ कुराहरू सिक्नमा समस्या हुनु ।

 निर्णय गर्न नसक्नु, शब्द सम्झिन नसक्नु।

 सामान्य समस्याहरू समाधान गर्न नसक्नु  ।

 आफ्नो पहिचान बिर्सनु, चिनेको बाटो बिर्सनु, आफैँ हराइरहनु।

 परिवारका सदस्य एवं ठाउँहरूलाई चिन्नमा समस्या हुनु ।

 अनावश्यक शङ्का गर्नु, नभएको कुरा देख्नु, सुन्नु,अधिक आवेशमा आउनु ।

 ठाउँ, मिति र समय बिर्सनु, एउटै प्रश्न बारम्बार सोध्नु,

 बेसुरका कुरा गर्नु, आपत्तिजनक भाषा प्रयोग गर्नु ।

कारण

- बढ्दो उमेर

- वंशाणुगत

- टाउकोमा गम्भीर चोटपटक।

- मोटोपन, मधुमेह,  उच्च रक्तचाप तथा उच्च कोलेस्टेरोल।

- मानसिक स्वास्थ्य समस्या ।

- सुस्त मनस्थिति।

- मानसिक निस्क्रियता ।

- विषाक्त पदार्थ, अत्यधिक मद्यपान, धुम्रपान, कुपोषण आदि।

रोकथामको लागि ध्यान दिनु पर्ने कुराहरु:

 पोषिलो तथा सन्तुलित भोजन सेवन गर्ने।

 दैनिक शारीरिक व्यायाम, मेडिटेशन / ध्यान गर्ने।

 मोटोपन, मधुमेह,  उच्च रक्तचाप तथा उच्च कोलेस्टेरोल नियन्त्रण गर्ने।

 परिवारको साथ समय व्यतीत गर्ने, साथीभाइहरुसँग भेटघाट बाक्लो बनाउने।

 तनावमा बढी उत्तेजित नहुनु तथा अत्यधिक भावुक नहुने

 समस्या समाधान गर्ने विभिन्न सम्भावित तरिकाहरूका बारे विचार गर्ने।

 क्रमबद्ध तरिकाले आफ्नो समस्या समाधान गर्ने।

 जिन्दगीका राम्रा तथा सकारात्मक कुराहरूलाई सम्झिने।

 लेख्ने वानी बसाल्ने, जीवनका सकारात्मक पक्ष लेख्ने र निराश भएको बेला पढ्ने ।

 खुसी लाग्ने घटनाहरूका तस्वीरहरू बेलाबेलामा हेर्ने ।

 आफुलाई मन पर्ने ठाउंको भ्रमण गर्ने।

 रुचि लाग्ने क्रियाकलापमा बढी समय व्यतीत गर्ने।

 स-साना उपलब्धिहरूमा रमाउने र मनोरञ्जनात्मक कार्यक्रममा सहभागी हुने ।

 कफी, चुरोट, रक्सी तथा अन्य नशालु पदार्थहरु सेवन नगर्ने।

 बेलुका दिमागलार्इ उत्तेजित पार्ने क्रियाकलाप नगर्ने।

 पर्याप्त निन्द्रा सुत्ने, बिहान एउटै समयमा उठ्ने बानी बसाल्ने।

 केही मानसिक स्वास्थ्य समस्या देखिएमा समयमै मनोरोग विशेषज्ञको सल्लाह लिने।

अल्जाइमर रोगको पूर्ण उपचार भने हुँदैनन् । रोगको अवस्था अझै बिग्रन बाट बचाउनका लागि औषधि उपचारहरु उपलब्ध छन्। उचित औषधि उपचार, स्नेहपूर्ण व्यवहारका साथै, बिरामीको पर्याप्त स्याहार सुसार गरिदिएमा धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ ।

( लेखक नेपालगंज मेडिकल कलेजका नशा, यौन तथा मनोरोग विशेषज्ञ हुन l )

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार