मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

निल सागर आश्रममा आश्रित परिवारलाई खाना खुवाएर नरैनापुरका अध्यक्ष शाहले मनाए जन्मदिन

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
१६ असार २०८१, आइतबार

बाँके १६ असार । बाँकेको नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले आज (आइतबार) निल सागर आश्रममा आश्रित परिवारसँग आफ्नो ५६ औँ जन्मदिन मनाउनु भएको छ । 

आश्रममा आश्रित २२० जना बृद्धबृद्धा र ९० जना बालबालबालिकालाई बेलुकाको खाना खुवाउनुका साथै एक लाख मूल्य बराबरको खाद्यान्न सहयोग गरेर जन्मदिन मनाउनु भएको नरैनापुर गाँउपालिकाका जिन्सी शाखा प्रमुख भरत महतोले जानकारी दिनु भयो ।

अध्यक्ष शाहले भन्नुभयो, ‘सिम्बोलिकरुपमै भएपनि जन्मदिन अपाङ्ग, असहायसँग मनाउन पाउँदा मन हर्षित बनेको र सन्तुष्टि मिल्ने गरेको छ ।’ उहाँले, ‘विभिन्न हण्डर, ठक्कर खाँदै देशको सेवा गर्छु भनेर लागेको छु, सर्वहारा, भोका–नाङ्गाको पक्षमा लड्न चाहन्छु, त्यही भएर यहाँ जन्मदिन मनाउन आएको हुँ ।’

अध्यक्ष शाहले अन्य फजुल खर्च गर्नु भन्दा असहायहरुको सेवा गर्न पाउँदा खुशी लागेको बताउदै असहायमा परेका नागरिकहरुको सेवा गर्नु धर्म हो भन्दै आगामी दिनमा आफुले सक्ने सहयोग निलसागर आश्रमलाई गर्ने बताउनु भयो । 

अध्यक्ष शाहले नरैनापुरमा निलसागर आश्रमको शाखा खोल्न आग्रह गर्दै पालिकाबाट जग्गा र भवन निर्माणका लागि आउने आर्थिक बर्षमा बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । 

जन्मदिनको अवसरमा शुभ कामना दिदै मिथिला सेवा समाजका अध्यक्ष राम लोचन शाहले निल सागर आश्रममा रहेका सबै जनाको निशुल्क रुपमा स्वास्थ्य परिक्षण गर्ने प्रतिबद्धता जनाउदै नरैनापुरले आश्रम बनाउनका लागि बजेट विनियोजन गरेको खण्डमा उक्त बजेटको २० प्रतिशत बजेट समाजबाट सहयोग गर्ने घोषणा गर्नु भएको थियो । 

शुभ कामना दिनुहुदै जिन्सी शाखा प्रमुख महतोले आश्रमको अवस्था दर्दनाक रहेकोले मानवीय रुपमा सहयोग गर्न आम नागरिक संग अपिल गर्नु भयो ।

जन्मदिनको अवसरका आयोजित खाद्यान्न सहयोग कार्यक्रममा नरैनापुर ३ का अध्यक्ष अजय मिश्रा, रेडक्रसका लेखा अधिकृत झवि शर्मा, नरैनापुरका जिन्सी शाखा प्रमुख भरत महतो, मिथिला समाजका अध्यक्ष शाह, बेबी मंडल लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार