मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

चिकित्सक लिएर प्रजिअ सहितको टोली झाडा पाखाला प्रभावित क्षेत्रमाः बिरामीको संख्या बढेर ५० पुग्यो

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
१७ भाद्र २०८१, सोमबार

बाँके । बाँकेको नरैनापुर गाँउपालिका–३ गेगलीमा ‘झाडापाखाला’ को प्रकोप देखिएपछी बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल सहितको टोली प्रभावित क्षेत्रमा पुगेको छ । 

गाँउपालिका अन्तर्गत वडा नम्बर ३ गेगली झाडापाखालाको प्रकोप फैलिए पाएपछि प्रमुख जिल्ला अधिकारी तथा सम्पुर्ण सुरक्षा निकाय, नरैनापुरका अध्यक्ष र जनस्वास्थ्य कार्यालयको नेतृत्वमा चिकित्सकको टोली प्रभावित क्षेत्रमा पुगेको होे । 

झाडापाखालाको प्रकोप अत्याधिक भएको खबर पाएपछि औषधि सहित टोली उक्त प्रभावित क्षेत्रमा पुगेको बाँकेका प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनु भयो । 

झाडा पाखालाका कारण बाँकेको नरैनापुरका ४ जनाको मृत्यु

बाँकेको नरैनापुरमा झाडा पाखालाका आईतबार ४ जनाको मृत्यु भएको थियो । नरैनापुर –३ गेगलीमा एकै परिवारका २ जना गरी ४ जनाको मृत्यु भएपछि प्रमुख जिल्ला अधिकारी रिजाल सहित स्वास्थ्यकर्मीको टोली नरैनापुर पुगेको हो । 

एक्कासि फैलिएको झाडापखालाबाट गाउँका ५० जना बिरामी परेका छन । वडा सदस्य यार मोहम्मद खाँका अनुसार हरिराम पासीको श्रीमति वर्ष २५ कि रुसा पासी र उनी छोरी वर्ष डेढ कि नन्दनी पासी, मोहन लाल पासीको श्रीमति वर्ष ६० कि शान्ति पासी, र सखावत अलिको छोरा वर्ष १० को यूसुफको मेट दुखाई पछि सुरु भएको बान्ता र झाडापाखा कै कारण भएको बताउनु भयो । 

झाडापखालाले पुरै गेगली गाँउ प्रभावित बनेको छ भने उपचार सुरु गरिएको जनस्वास्वस्थ्य निरिक्षक देब नारायण उपाध्ययले बताउनु भयो ।  

अत्यधिक गर्मी र खानेपानीमा केही गडबडी भएका कारण सो गाउँमा झाडा पखाला फैलिएको हुनसक्ने स्वाथ्यकर्मीको भनाई  छ । फोहोर पानीका कारण उनीहरूमा झाडापखाला लागेको र मृत्यु भएको हुनसक्ने बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार