बाँके । लुम्बिनी प्रदेश सभाको तेस्रो अधिवेशनको तेस्रो बैठकको विशेष समयमा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले सुस्ता र बर्दघाट पूर्वको भूमि लुम्बिनी प्रदेशले पाउनु पर्ने माग राख्नु भयो । सांसद काफ्लेले सुस्ता र बर्दघाट पूर्वको सबै जमिन लुम्बिनीको भएकोले फिर्ता लिनुपर्ने जिकिर गर्नुभयो ।
‘सुस्ता लुम्बिनीको हो । कि संविधान संशोधन हुनुपर्यो, संविधानअनुसार सुस्ता र बर्दघाट हाम्रो हो,’ उहाँले भन्नुभयो, ‘सहजै पाइएन भने लड्न तयार छौँ, संसदबाट सङ्कल्प प्रस्ताव पास गरेर भए पनि हाम्रो भूमि ल्याउँनु पर्छ।’
प्रदेश सभा सदस्य अम्बिका काफ्लेले भूमि फिर्ता लिन प्रदेश सरकार तयार हुनु पर्ने सभामुखको ध्यानाकर्षण गराउनु भएको थियो ।
विशेष समयमा बोल्दै प्रदेश सभा सदस्य अम्बिका काफ्लेले नेपालगञ्जमा रहेको भेरी अस्पतालमा प्रसुती कक्षमा प्रयाप्त बेड नहुँदा सुत्केरी हुन आउने महिलाहरुलाई समस्या हुदैँ आएकोले तत्काल अस्पतालमा बेडको व्यवस्था गर्नुका साथै छुट्टै प्रसुति ब्लक निर्माण गर्न प्रदेश देश सरकारका सभामुख र स्वास्थ्य मन्त्रीको ध्यानार्कषण गराउनु भएको थियो साथै उहाँहरूले नेपाल सरकारले स्वास्थ्य बिमाबाट जारी गरेको ९८ प्रकारको औषधि उपलब्ध हुने गरे पनि गर्भवती महिलाले खानु पर्ने आइरन र क्याल्शियम हो तर सरकाले सबै भन्दा महत्वपूर्ण औषधि क्याल्शियमलाई ९८ प्रकारको निशुल्क औषधिमा समावेश नगरेकोले अबिलम्ब उक्त औषधिलाई समावेश गर्न सरकारसँग माग गर्नु भयो ।