मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

ब्युटीपार्लरमा काम दिने भन्दै नाबालिकालाई यौनधन्दामा लगाउने २ जना पक्राउ

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
९ असार २०८१, आइतबार

काठमाडौं । नाबालिकाहरुलाई ब्युटीपार्लरमा काम दिने बहानामा काठमाडौँका विभिन्न मसाज सेन्टर तथा होटलमा यौन क्रियाकलापमा लगाउने दुई जनालाई प्रहरीले पक्राउ गररेको छ ।

विशेष सूचनाका आधारमा खोजतलास गर्दा काठमाडौँको ठमेल र टोखामा नाबालिकाहरुलाई यौनधन्दामा लगाएको भेटेपछि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलको टोलीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्पा सेन्टर सञ्चालकहरु टोखा बस्ने रेशम गुरुङ र सातदोबाटो बस्ने ३३ वर्षकी मखमली माया स्याङ्तान रहेका छन् । उनीहरुमाथि अनुसन्धान थालिएको र अन्य क्षेत्रमा खोजी तथा निगरानी जारी रहेको ब्यूरोका सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

डरत्रास र प्रलोभनमा पारी नाबालिकालाई वेश्यावृत्तिमा लगाउने गरेको भन्ने गोप्य सूचनाका आधारमा टोखाको सनफ्लावर स्पा सेन्टर र ठमेलको ए वान स्पा सेन्टरबाट दुई नाबालिकाको उद्धार गरिएको छ । पीडितको जाहेरीका आधारमा उनीहरुमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दा अघि बढाइएको र अन्यको खोजी भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार