मुख्य समाचार
बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न | बर्दियाको ठाकुरद्धारामा सडक नाटक तथा अभिनय क्षमता विकास तालिम सम्पन्न | निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग | विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा |

बाँकेको जुत्ता चप्पल कारखानालाई दुई लाख रुपियाँ जरिवाना

यूथ टुडे समाचारदाता 3411+ समाचार ( )
२८ जेठ २०८२, मङ्गलबार

बाँके । अधिकतम खुद्रा मूल्य (एमआरपी) नराखी जुत्ता चप्पल उत्पादन गरी बजारमा बिक्री वितरण गरेको आरोपमा बाँकेको एक जुत्ता चप्पल कारखानालाई दुई लाख रुपियाँ जरिवाना गरिएको छ ।

जानकी गाउँपालिका–३, खजुरा रोडस्थित लक्ष्मी फुटवेयर इन्डिस्ट्रिजलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जले बजार अनुगमनका क्रममा उक्त रकम जरिवाना गरेको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका प्रमुख हरिबहादुर खत्रीका अनुसार, बजार अनुगमनका क्रममा लक्ष्मी फुटवेयरले एमआरपी नराखी जुत्ता चप्पल बिक्री वितरण गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड (ङ) बमोजिम दुई लाख रुपियाँ जरिवाना गरिएको हो ।

प्रमुख खत्रीका अनुसार, कुनै पनि वस्तुको उत्पादन गरेपछि अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य उल्लेख गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, सो कारखानाले यो कानुन पालना नगरेको भेटिएकाले कारबाही गरिएको हो ।

चालु आर्थिक वर्षको यो अहिलेसम्मकै सबैभन्दा ठुलो जरिवाना भएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै