मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

नेपालगंज ४ मा इन्दीरा शाहीलाई जिताउन महिलाहरु संगठीत हुदै

महमूद आलम खान 1132+ समाचार ( )
पुरुषहरू भन्दा महिला कमजोर छैनन् भनेर देखाउन पुरुषसँगै वडा अध्यक्षमा उम्मेदवारी दिएको शाहीको भनाई
१८ वैशाख २०७९, आइतबार

बाँके । २०७४ को स्थानीय तह निर्वाचनमा नेपालगंजको मेयरमा राप्रपा विजयी भएका थियो । नेपालगंज ४ मा राप्रपाको पुरै टिम विजय भएर पाँच वर्षमा वडाको पुरा स्वरुप नै परिवर्तन गर्न सफल भएको थियो । 

तत्कालीन नेपालगंज ४ कि वडा सदस्य एंव कार्यपालिका सदस्यमा विजयी भएकी इन्दीरा शाही एकाएक चर्चामा आइन् । उनी चर्चामा आउनुको कारण थियो, कोरोनाको समयमा शाहीका साथै स्वास्थ्यकर्मीहरुको मिहिनेत र लगनशीलताले नै कोरोना संक्रमणलाई परास्त गर्न सकिएको थियो । उहाँले आफनो ज्यानलाई जोखिममा राखेर संक्रमितहरुको हेरचाह गर्दै गर्दा आफै कोरोनाको सिकार हुनु भएको थियो । उहाँ लगायत वडाको पुरै टिमको योगदान र भूमिका कारण जनताको सेवा गर्न सफल भएको बताउनु भयो । 

आगमी बैशाख ३० हुने स्थानीय निर्वाचनका लागि नेपालगंज ४ को वडा अध्यक्षमा उम्मेदवारी दिएर जनताको घर दैलोमा रहनु भएकि इन्दरी शाहीले आफू निर्वाचित भए बाँकी रहेको कामलाई पुरा गर्ने योजना रहेको बताउनु भयो । उहाँले शिक्षा, स्वास्थ्यलाई बिशेष प्राथमिकतामा राखेर काम गर्ने आफनो एजेण्डा रहेको जिकिर गर्नु भयो ।

को हुन् इन्दीरा ?

राप्रपाबाट नेपालगंज ४ को वडा अध्यक्षको उम्मेदवारी दिएकी शाहीले महिलाहरू वडा हाँक्न सक्छन् भन्ने देखाउन नेपालगंज ४ को वडा अध्यक्षमा उम्मेदवारी दिएको बताउँछिन्।  जनताको घर दैलोमा व्यवस्त शाही आज युथ टुडे संग कुरा गर्दै भन्नु भयो, देशभरि नै महिलाहरूले वडा र नगर हाँक्न सक्छन् भन्ने शुभ सन्देश दिन उम्मेदवारी दिएको बताएकी हुन् । 

‘महिलाहरू पनि प्रमुख पदका दाबेदार हुन सक्छन्। महिलाहरू पनि वडा र नगर हाँक्न सक्छन् । र, महिलाहरू पनि वडाको विकास गर्न सक्छन् । भन्ने सन्देश दिन मेरो उम्मेदवारी हो,’ उनले भनिन्, ‘हामी महिलाहरू पनि सक्षम छौं। पुरुषसँगै हामी प्रतिस्पर्धा गरेर अगाडि जान सक्छौं ।’ पुरुषहरू भन्दा महिला कमजोर छैनन् भनेर देखाउन पुरुषसँगै वडा अध्यक्षमा उम्मेदवारी दिएको उनले बताइन् । उनले विगतमा वडा सदस्य र कार्यपालिका सदस्य हुँदै गर्दा भोगेका भोगाइ र सिकाइको आधारमा समृद्ध वडा बनाउने उठोट रहेको बताइन् ।

नेपालगंज उपमहानगरपालिका वडा नं. ४ मा पुरुषहरुका बिचमा उनी एक्ल महिला अध्यक्ष उम्मेदवार हुन । नेपालगंज ४ को विकास निमार्ण देखि सरसफाई, विजुली लाईन जडानको काम अग्रपंतिमा रहेर काम गर्दै आएकि शाहीलाई मतदाताहरुले एक पटकका लागि भए पनि विजय गराउन जरुरी रहेको स्थानीय बताउँछन् । 

महिलाहरुको अस्तीत्वलाई स्थापीत गर्न र महिला माथि हुदै आएको बिभेदको अन्त्यका लागि वडाका सम्पूर्ण महिलाहरुलाई संगठित भएर शाहीलाई मतदान गरी विजय गराउन जरुरी रहेको स्थानीय चन्दा देबी बिष्टले बताइन् । उनले भनिन् पार्टी भन्दा पनि व्यक्ति त्यो भन्दा पनि महत्वपूर्ण पूरुषहरुका बिच एक महिला महिलाहरुको पहिचानका लागि संघर्ष गरी रहेकोले विजय गराउन जरुरी रहेको सुनाईन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार