मुख्य समाचार
निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग | विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न |

बक्यौता असुलीमा नेपालगन्ज वितरण केन्द्रको कडाइ, अनियमिततामा संलग्नमाथि पनि कारबाही

यूथ टुडे समाचारदाता 3409+ समाचार ( )
२९ मंगशिर २०८२, आइतबार

बाँके । नेपालगन्ज वितरण केन्द्रले बक्यौता महसुल नतिर्ने तथा विद्युत् प्रयोगमा अनियमितता गर्ने ग्राहकविरुद्ध कडा अभियान सञ्चालन गर्दै एक साताको अवधिमै उल्लेख्य सफलता हासिल गरेको छ। वितरण केन्द्रले मंसिर २१ देखि २६ गतेसम्म सञ्चालन गरेको साताव्यापी बक्यौता महसुल संकलन तथा अनुगमन अभियानअन्तर्गत ७४ लाख ९७ हजार ५०४ रुपैयाँ बराबरको बक्यौता रहेका ४०७ ग्राहकको विद्युत् लाइन विच्छेद गरेको छ।

वितरण केन्द्र प्रमुख संजयकुमार मिश्रका अनुसार, अभियानका क्रममा लाइन विच्छेद गरिएका तथा बक्यौता रहेका ग्राहकबाट ५६ लाख ९४ हजार २७ रुपैयाँ महसुल असुल गरिएको छ। यसले लामो समयदेखि थन्किएको बक्यौता रकम संकलनमा सकारात्मक प्रभाव पारेको उहाँले बताउनुभयो।

अभियानको क्रममा कालोसूचीमा सूचीकृत ग्राहकहरूमाथि पनि विशेष निगरानी राखी कारबाही अघि बढाइएको छ। सो अवधिमा कालोसूचीमा परेका ग्राहकबाट एक लाख रुपैयाँ बक्यौता असुल गरिएको वितरण केन्द्रले जनाएको छ।

त्यसैगरी, विद्युत् चोरी, मिटर छेडछाड, अवैध जडान तथा क्षमताभन्दा बढी लोड प्रयोगजस्ता विभिन्न अनियमित गतिविधिमा संलग्न ग्राहकहरूमाथि कडाइ गरिएको छ। अनुगमनका क्रममा यस्ता अनियमितताबाट २२ हजार ४ सय युनिट बराबरको विद्युत् क्षतिपूर्ति रकम असुल गरिएको केन्द्रले जनाएको छ।

वितरण केन्द्रका अनुसार, विद्युत् प्रयोगमा हुने यस्ता अनियमितताले प्रणालीमा क्षति पुग्नुका साथै नियमित रूपमा महसुल तिर्ने उपभोक्तामाथि पनि असर पर्ने भएकाले नियन्त्रण अपरिहार्य छ। त्यसैले आगामी दिनमा पनि बक्यौता महसुल असुली, लाइन विच्छेद तथा अनियमितताविरुद्धको अनुगमनलाई अझ प्रभावकारी बनाइने जनाएको छ।

केन्द्रले उपभोक्तालाई समयमै महसुल बुझाउन, मिटर तथा जडानसम्बन्धी नियमको पालना गर्न र अनियमित गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ। नियम उल्लङ्घन गर्ने ग्राहकविरुद्ध प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी समेत वितरण केन्द्रले दिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार