मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

डुडुवा गाउँपालिकाका जनता भन्छन्, ''उपाध्यक्ष सकिलको जित पक्का छ''

महमूद आलम खान 1133+ समाचार ( )
डुडुवा गाउँपालिकाका एमालेको तर्फबाट उपाध्यक्षका उम्मेदवार शकिल अहमद खानको लोकप्रियता डुडुवा गाउँपालिकामा चुलिएको छ
१७ वैशाख २०७९, शनिबार

बाँके । डुडुवा गाउँपालिकाका एमालेको तर्फबाट उपाध्यक्षका उम्मेदवार शकिल अहमद खानको लोकप्रियता डुडुवा गाउँपालिकामा चुलिएको छ । पत्रकारिताबाट राजनीतिमा आएका खानलाई डुडुवामा नचिन्ने सायदै होलान ।

गरिव, दुखीको सेवामा अहोरात्र खटिने खानको नेपालगन्जका सरकारी तथा गैरसरकारी कार्यालयमा पहुँच छ । उनलाई पत्रकारिताको मोहले छाडेको छैन, तर उनले पत्रकारिताभन्दा समाजसेवा गर्ने उत्तम माध्यम राजनीतिलाई देखे । ‘पत्रकारितामा नाम राम्रै कमाएको थिएँ । दाम पनि ठिकठिकै हुन्थ्यो, तर पत्रकारिताले भन्दा समाज परिवर्तन गर्ने उत्तम माध्यम राजनीति लाग्यो र राजनीतिमा लागेँ,’ उनले भने ।

उनी गाउँका सर्वसाधारणलाई परेको समस्या समाधानका लागि रात दिन खटिन्छन् । न्याय दिलाउन र दोषीलाई कारवाही गराउन नेपालगन्जका प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, अदालत लगायत विभिन्न अर्ध न्यायिक निकायमा पुगेर पैरवी गर्छन् । नेपालगन्जसँग जोडिएको गाउँपालिकाले भएकोले अधिकांश मुद्धा, मामिला मिलाउन नेपालगन्ज आउनुपर्ने भएकोले अधिकांशले उनीसँग सहयोग माग्छन् । ‘कहिले न्यायिक निकाय त कहिले प्रहरी, प्रशासन कार्यालयमा पुगेर समस्या समाधानका लागि पैरवी गर्नुपर्ने हुन्छ,’ उनले भने ।

मिजासिलो स्वभावका उनी पाएको जिम्मेवारी पनि सरल तरिकाले फत्ते गर्छन् । त्यसैले त उनीसँग सहयोगको अपेक्षा गर्ने धेरै छन् । उनले डुडुवाका मतदातालाई काम गर्न क्षमता, दक्षता र पहुँच भएका उपाध्यक्षका उम्मेदवार रोजेर मतदान गर्न सुझाव दिन्छन् । ‘मतदान गरेर चुनेको उम्मेदवार मुर्ती जस्तो होवस् भन्ने चाहनु हुन्छ भने मेरो केहि छैन,’ उनले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार