मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

५ महिने वालक सहित सिमामा अलपत्र महिलाको बासद्धारा उद्धार

महमूद आलम खान 1133+ समाचार ( )
धनगढी नेपाल भारत सिमा नाका गौरिफन्टाबाट एक कोरोना संक्रमित महिलाको उद्धार गरिएको छ ।
२८ पौष २०७८, बुधवार

धनगढी । धनगढी नेपाल भारत सिमा नाका गौरिफन्टाबाट एक कोरोना संक्रमित महिलाको उद्धार गरिएको छ ।

भारतको मुम्बईमा एक महिना अगाडी छतबाट खसेर श्रीमान गुमाएकी कैलालीको लम्कीचुहा नगरपालिका–५ कि २० बर्षीया महिलाको भारतबाट फर्किदै गर्दा बागेश्वरी असल शासन क्लब ९बास० ले उद्धार गरेको हो ।

आर्थिक अवस्था निकै कमजोर भएकी ति महिला आफ्न्तको सहयोगमा गौरिफन्टासम्म पुगेकी थिईन । सिमा नाकामा कोरोना परिक्षण गर्दा पोजेटीभ देखाएपछि उनि ५ महिने बालक समित समस्यामा परेकी थिइन् । आर्थिक अभावले घर जान नसक्ने अवस्थामा रहेको बारे सिमा स्वास्थ्य चौकी इन्चार्ज गणेश बहादुर साउँदले जानकारी गराएपछि धनगढी उपमहानगरपालिकासँगको सहकार्यमा गाडी रिर्जभ गरेर होम आइसोलेशनका लागि घर सम्म जाने ब्यवस्था गरिएको बास कैलाली शाखाका अध्यक्ष पाण्डव पुजाराले बताए। गाडी भाडासँगै उनलाई बालकको लत्ता कपडाका लागि नगद सहयोग समेत गरिएको कैलाली जिल्लामा कार्यरत बासका सामाजिक परिचालक तेज बोहराले बताए । उनलाई घर पठाएसँगै आइसोलेशनमा बस्न सम्बन्धित स्थानिय पालिकासंग समन्वय गरेको बोहराले बताए । बासले युनिसेफ नेपालको सहयोगमा सञ्चालन गरिरहेको बाल संरक्षण कार्यक्रम अन्तरगत ५ महिने बालक सहितकि ति महिलाको उद्धार गरेको हो ।

बासले युनिसेफ नेपालको सहयोग तथा धनगढी उपमहानगरपालिकाको सहकार्यमा धनगढी उपमहानगरपालिकालाई कोभिड १९ पुर्ण खोप युक्त पालिका तथा ओमिक्रोन संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अनिवार्य मास्क अभियान लगायतका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार