मुख्य समाचार
निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग | विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न |

स्थानीय शासन सुधारका लागि प्रशासकीय अधिकृतहरू एकै थलोमा

यूथ टुडे समाचारदाता 3409+ समाचार ( )
३० माघ २०८२, बिहीबार

बाँके । स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली सम्बन्धी बाँके र बर्दिया जिल्लाका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा फोकल पर्सनहरूका लागि दुई दिने तालिम नेपालगन्जमा सुरु भएको छ।

प्रदेश सुशासन केन्द्र, नेपालगन्जको आयोजनामा सञ्चालन भएको तालिमको उद्देश्य स्थानीय तहको कार्यसम्पादनलाई पारदर्शी, प्रविधिमैत्री र परिणाममुखी बनाउनु रहेको छ।

तालिममा केन्द्रका प्रमुख उजिर न्यौपाने, सूचना प्रविधि विज्ञ मोहम्मद अक्रम सल्मानी तथा जिल्ला समन्वय समिति अधिकारी होमनाथ काफ्लेले सहजीकरण गरिरहनुभएको छ। प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायका अनुसार तालिमले स्थानीय तहमा कार्यसम्पादन मूल्याङ्कन प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रममा स्थानीय तह कार्यसम्पादन मूल्याङ्कन कार्यविधि, २०८२ बमोजिम देशभरका स्थानीय तहहरूको स्व–मूल्याङ्कन प्रणाली, सूचकहरू, मूल्याङ्कनका आधारहरू तथा रियल टाइम डाटामा आधारित कार्यसम्पादन अभिलेखीकरण र प्रतिवेदन प्रणालीबारे विस्तृत छलफल भइरहेको छ।

सूचना प्रविधिको प्रयोगमार्फत तथ्याङ्क अद्यावधिक गर्ने, अनलाइन प्रणालीमा विवरण प्रविष्ट गर्ने र समयमै प्रतिवेदन तयार गर्ने विषयमा सहभागीहरूलाई व्यवहारिक अभ्याससमेत गराइएको छ।

आयोजकका अनुसार यस्तो तालिमले स्थानीय तहको सेवा प्रवाह, सुशासन प्रवर्द्धन र विकास कार्यक्रमको प्रभावकारिता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार