मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

डुडुवामा २ वटा अस्पताल बनाउने निर्णय गर्दै स्वास्थ्यको वार्षिक समिक्षा सम्पन्न

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
पालिकामा दुई वटा अस्पताल निमार्णको योजना रहेको भन्दै तीन स्थानमा संचालित निशुल्क प्रयोगशालालाई बृद्धि गरि ६ वटै वडामा विस्तार गर्ने योजना रहेको बताउनुभयो ।
२९ श्रावण २०७९, आइतबार

डुडुवा । डुडुवा गाउँपालिकास्तरिय एकीकृत स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समिक्षा गरिएको छ । डुडुवा गाउपालिका स्वास्थ्य शाखाद्धारा आज आइतबार आयोजित आर्थिक वर्ष २०७८।७९को वार्षिक समिक्षामा स्वास्थ्य कार्यक्रम तथा अभियानको बारेमा समिक्षा गरि कार्ययोजना निमार्ण गरिएको हो । 

समिक्षा कार्यक्रममा पालिकाले प्रवाह गर्ने स्वास्थ्य अन्र्तगत विभिन्न सेवाहरुको उपलब्धी, प्रगति, समस्या तथा चुनौतीसहितको प्रतिबेदन स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले प्रस्तुतीकरण गर्नुभएको थियो । प्रस्तुतीकरणका क्रममा डुडुवाले उपलब्ध गराउने स्वास्थ्य सेवाहरुको प्रभावकारिता र गुणस्तरियसंगै उत्कृष्ट कार्य गरेको प्रतिबेदनमा उल्लेख गरिएको थियो । 

सभाको समापन गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले स्वास्थ्य क्षेत्रमा गाउँपालिकाले उत्कृष्ट कार्य गरेकोले नै जिल्लामा पहिलो स्थान हासिल गरेको भन्दै स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन विशेष नीति तथा कार्यक्रम रहेको बताउनुभयो । उहाँकाले पालिकामा दुई वटा अस्पताल निमार्णको योजना रहेको भन्दै तीन स्थानमा संचालित निशुल्क प्रयोगशालालाई बृद्धि गरि ६ वटै वडामा विस्तार गर्ने योजना रहेको बताउनुभयो ।

पालिकाले स्वास्थ्य र पशुलाई पहिलो प्राथमिकतामा राखेकाले स्वास्थ्य सेवाबाट कुनै पनि नागरिक बाञ्चित नहुन भनेर विभिन्न सेवाहरु प्रदान गर्दै आएको जानकारी गराउदै अध्यक्ष चौधरीले समुदायमा खटिने महिला स्वास्थ्य स्वयम् सेविका र आमा समुहले निस्वार्थ रुपमा सेवा गर्दै आएकाले समुदायिक स्वास्थ्य सेवामा उहाँहरुको ठुलो योगदानको कदर गर्नुभयो । 

समिक्षा कार्यक्रममा वडाध्यक्षहरु पटेश्वर कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, सगिर खा, झंकबहादुर थापा, मोहनराम मिश्र, कार्यपालिका सदस्य, वडा सदस्य, सबै स्वास्थ्य चौकी इन्चार्ज, कर्मचारी, महिला स्वास्थ्य स्वयम्सेविका लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सबै वडामा प्रवाह हुने स्वास्थ्य सेवाको प्रभावकारिता र समस्याका बारेमा जानकारी गराइएको थियो ।

प्रस्तुतीपछि भएको छलफल पश्चात उठेका विभिन्न समस्या तथा सवाललाई सम्बोधन गर्न आगामी वर्षका लागि वार्षिक कार्ययोजना समेत निर्माण गरिएको स्वास्थ्य शाखा सहसंयोजक विरेन्द्र घलेले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार