मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

दिवंगत मुस्ताक अहमद शाहको शोकमा नरैनापुरमा आज सार्वजनिक बिदा

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१० मंगशिर २०८०, आइतबार

बाँके । नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहका दाजु र वडा नं २ का अध्यक्ष मसुद अहमद शाहका काका इतिहासविद् एवं मुस्लिम धर्मशास्त्रका ज्ञाता ( पिर) नरैनापुर गाउँपालिका वडा नं २ निवासी ७८ वर्षिय शैयद मुस्ताक अहमद शाहको निधनको शोकमा गाउँपालिकाले सार्वजनिक विदा दिएको छ।

गाउँपालिकाले एक विज्ञप्तिमार्फत मंसिर १० गते आइतबार (आज) नरैनापुर गाउँपालिका कार्यालय, मातहतका सबै वडा कार्यलयहरु तथा शैक्षिक संस्थाहरुमा समेत सार्वजनिक विदा दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यसैगरी गाउँपालिकाले कार्तिकपुर्णिमा असनान मेलाको अवसरमा समेत आज नै नरैनापुर गाउँपालिकाको कार्यपालिकाको निर्णय बमोजिम गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको उक्त बिज्ञप्तिमा भनिएको छ । 

दिवंगत मुस्ताक अहमद शाह नरैनापुरका लागि मात्र नभएर नेपाल र भारतमा धार्मिक सद्भावको सन्देश दिनुका साथै किशोरी शिक्षालाई अगाडि बढाउन महत्त्वपूर्ण भुमिका निर्वाह गर्नु भएको थियो । 

दिवंगत शाहलाई दैविय शक्ती प्राप्त रहेको भन्दै नेपाल र भारतका हजारौं भक्तजनहरूले आफ्नो मार्ग दर्शक मान्दै आएका थिए । उहाँको उपचारका क्रममा भारतको दिल्लीमा रहेको मेक्स अस्पतालमा गत बिहिबार राति निधन भएको थियो । भने शनिबार इस्लामिक परम्पराअनुसार उच्च सम्मानका साथ अन्त्यष्टि गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार