मुख्य समाचार
निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग | विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न |

जनमत पार्टी जनतामा समर्पित भएर काम गर्दै छ - उपाध्यक्ष ई.दीपक

यूथ टुडे समाचारदाता 3409+ समाचार ( )
उपाध्यक्ष साहले संघीय सरकारले आर्थिक वर्ष २०८०/०८१ को लागि ल्याएको बजेट मधेश बिरोधी रहेको बताए।
२० असार २०८०, बुधवार

जनकपुर । जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा अनुशासन विभाग प्रमुख ई.दीपक कुमार साहले आफ्ना पार्टीले जनतामा समर्पित भएर काम गर्ने प्रयास गरिरहेको बताए।

उपाध्यक्ष साहले संघीय सरकारले आर्थिक वर्ष २०८०/०८१ को लागि ल्याएको बजेट मधेश बिरोधी रहेको बताए।उनले,’हामी जुन कुरा उठाउँछौं, त्यसका लागि जनतामा समर्पित भएर काम गर्ने प्रयास गर्छौं । बजेटमा असन्तुष्टि भएपछि सरकारको समर्थक भएपनि बजेटलाई समर्थन नगरेको उपाध्यक्ष साहले भन्नुभयो।’

हामी जनताको साथमा छौं, जनता अहिले आन्दोलित छन् । तर, केही दलहरुले दोगलागिरी गरेको कारणले बजेट पारित भएको उपाध्यक्ष साहले आरोप लगाए । उपाध्यक्ष साहले, ‘बजेट पारित हुनु एक दिन अगाडि जसपाका अध्यक्ष उपेन्द्र यादवले बजेट सुधारिनुपर्छ, यथास्थितिमा पारित हुन दिन्नौं, बजेट मधेश विरोधी छ भन्नुभयो। तर, उहाँले आफ्नो पार्टीका सबै सांसदलाई ह्वीप लगाएर बजेट पारित गर्न लगाउनुभयो।भनेपछि उहाँजस्तो दोगलागिरी प्रवृत्तिले गर्दा मधेश झन् दल–दलमा फँस्दै गएको,’उनले आरोप लगाएका छ्न।

जनता अझै पनि सचेत भएन भने मधेशी जनता झन् गुलाम बन्दै जान्छ । यस्ता दोगलाहरुबाट मधेशी जनता अब सावधान हुनुपर्छ । आजको दिनमा डा.सीके राउत मात्रै मधेशी जनताको पक्षमा रहेको उपाध्यक्ष साहले बताए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार