मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

सत्ता गठबन्धनको निर्णयविरुद्ध उम्मेदवारी दिने माओवादी नेताहरु माथि कारवाही

महमूद आलम खान 1133+ समाचार ( )
नेकपा माओवादी केन्द्र भोजपुरको संयोजक नगेन्द्र भुजेल (शैलेन्द्र)का अनुसार भोजपुर नगरपालिका-११ का आम्तेक मोहनसेन राई, षडानन्द नगरपालिका-९ का शेखर तामाङ र षडानन्द नगरपालिका-१३ का ओम कुमार श्रेष्ठलाई माओवादी केन्द्रले कारबाही गरेको हो ।
१३ वैशाख २०७९, मङ्गलबार

भोजपुर । पाँच दलीया सत्ता गठबन्धनको निर्णयविरुद्ध उम्मेदवारी दिनेलाई नेकपा माओवादी केन्द्र भोजपुरले कारबाही गरेको छ । गठबन्धन तथा पार्टी नीति, निर्णय र निर्देशनविरुद्ध उम्मेदवारी दिने तीन जनालाई माओवादी केन्द्र भोजपुरले पार्टीको साधरण सदस्यसमेत नरहने गरी निष्काशन गरेकाे हो ।

नेकपा माओवादी केन्द्र भोजपुरको संयोजक नगेन्द्र भुजेल (शैलेन्द्र)का अनुसार भोजपुर नगरपालिका-११ का आम्तेक मोहनसेन राई, षडानन्द नगरपालिका-९ का शेखर तामाङ र षडानन्द नगरपालिका-१३ का ओम कुमार श्रेष्ठलाई माओवादी केन्द्रले कारबाही गरेको हो ।

संयोजक शैलेन्द्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ- वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा प्रतिगमन विरोधी गठवन्धन दल तथा पार्टी नीति, निर्णय र निर्देशन विपरीत अनुशासन उलङ्घन गर्दै गठवन्धन भन्दा बाहिरी दलको चुनाव चिह्न लिई मनोनयन दर्ता गरेको हुँदा तपशिल व्यक्तिहरुलाई नेकपा (माओवादी केन्द्र)को साधारण सदस्य समेत नरहने गरी आजकै मितिबाट निष्कासन गरी कारवाही गरिएको छ ।

पार्टीको नीति, निर्णय र निर्देशन विपरीत विभिन्न स्थानमा स्वतन्त्र उम्मेदवार दिनेहरुलाई उम्मेदवारीलाई फिर्ता लिन पनि माओवादीले आग्रह गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार