मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नरैनापुर गाँउपालिकाद्धारा सिडिओ पोख्रेल र एसपी बोहरालाई स्वागत

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
सिडिओ सहित सुरक्षा अधिकारीद्वारा सीमा स्तम्भको अनुगमन
६ कार्तिक २०८०, सोमबार

बाँके (नरैनापुर) ६ कार्तिक । बाँकेको नरैनापुर गाँउपालिकामा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण पोख्रेल र एसपी सुभाष चन्द बोहरालाई एक कार्यक्रमका बिच गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह सहित स्थानीयहरुले भव्य स्वागत गरेका छन् । 

प्रमुख जिल्ला अधिकारी पोख्रेल सहित सुरक्षा अधिकारीहरुले सीमावर्ती क्षेत्र र सीमा स्तम्भको अनुगमन तथा निरीक्षण गर्न नरैनापुर पुग्नु भएको थियो । बाँकेमा सरुवा भएर आए पछि पहिलो पटक प्रजिअ पोख्रेल र एसपी सुभाष चन्द बोहरा नरैनापुर पुगेर नेपाल भारत सिमा बगौडाको निरिक्षण गर्नु भएको हो ।

सोमबार नरैनापुर पुग्नु भएका प्रजिअ पोख्रेललाई स्थानीयहरुले आफूहरु नेपाली भएको अनुभूति गर्न नपाएको प्रति चिन्ता व्यक्त गर्दै स्थाथीयहरुले आफूले उत्पादन गरेको खाद्यान्न सदरमुकाम सम्म पुर्याउन नपाउदै नेपाल प्रहरी र सशस्त्र प्रहरीले तस्करीको खाद्यान्न भन्दै नियन्त्रणमा लिने गरेकोले तत्काल उक्त कार्य बन्द गर्न आग्रह गर्दै तस्करी सिमानामा नै रोक्नु पर्ने सुझाव दिएका थिए ।

प्रमुख जिल्ला अधिकारी पोख्रेलले नरैनापुरमा उत्पादन भएको खाद्यान्न प्रहरीले नियन्त्रणमा लिनु ठिक नभएको बताउदै उहाँले सिमामा नै तस्करहरुलाई नियन्त्रणमा लिन सुरक्षा अधिकारीहरुलाई निर्देशन दिदै स्थानीय किसानहरुलाई पिडा हुने गरी कार्य नगर्न सुरक्षा अधिकारीहरुलाई कडा निर्देशन दिनु भयो । नरैनापुर समस्या दिर्घकालीन रुपमा समाधान गर्ने गरी दशैँ लगत्तै निति बनाएर अगाडि बढने स्थानीयहरु संग प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले नरैनापुरका किसानहरु निकै पिडामा रहेकोले किसानको समस्या समाधान गर्न तर्फ भूमिका खेल्न प्रजिअ पोख्रेल सहित सुरक्षा अधिकारीहरुलाई सुझाव दिनु भएको थियो । उहाँले अर्को प्रसंगमा नरैनापुर धार्मिकताका आधारमा निकै सम्बेदनशील ठाँउ भए पनि दशैँको मूर्ति विसर्जन कार्यलाई सौहर्दपूर्ण रुपमा सम्पन्न गर्ने गरी तयारी गरिरएको बताउनु भएको थियो । अध्यक्ष शाह नेपाल भारत सिमा नाकामा नेपालको झण्डा राख्ने प्रतिबद्धता समेत गर्नु भएको थियो ।   

दशैँको मूर्ति विसर्जन, सीमा स्तम्भहरुको अवस्था, सिमावर्ती क्षेत्रबाट हुने अवैध चोरी निकासी, लागुऔषध ओसारपसार लगायतका अपराध हुन नदिन अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी पोख्रेलको भनाई थियो ।

नेपाल–भारत सीमा स्तम्भको अनुगमन गर्दै सीमामा कडाईका साथ शान्तीसुरक्षा मजबुत राख्न नेपाल र सशस्त्र प्रहरीलाई निर्देशन दिएको उहाँको भनाइ छ ।

उहाँका अनुसार सीमा नाकामा हाल नयाँ कुनै पनि समस्या रहेको छैन । सीमा अनुगमनमा नरैनापुर गाँउपालिका अध्यक्ष शाह,प्रहरी उपरीक्षक बोहरा, सशस्त्र प्रहरी उपरीक्षक रमेश शाही, अनुसन्धानका उपनिर्देशक मोहन कुमार कुवर, नरैनापुरका १ का अध्यक्ष इसाक जोलाह, ३ का अजय कुमार मिश्रा, ४ का मनोज शर्मा, ५ का कृष्ण चन्द्र मौर्य र ६ प्रेम मौर्य र सशस्त्र प्रहरी नायव उपरीक्षक तथा प्रहरी निरीक्षकहरुको सहभागिता रहेको थियो । साथै सिमावर्ती क्षेत्रमा रहेका प्रहरी युनिटहरुमा कार्यरत प्रहरी कर्मचारीलाई कार्य सम्पादनको क्रममा सुरक्षा मापदण्डको पालना गरी उच्च मनोवलका साथ प्रभावकारी भुमिका निर्वाह गर्न समेत उत्प्रेरित गर्नुभएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार