मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

बाँकेमा सामाजिक सद्भावका लागि सँगै परियोजना शुरु

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
२६ कार्तिक २०८१, सोमबार

बाँके । बाँके जिल्लामा क्रियाशिल नाइस नेपालगन्जले सामाजिक सद्भाव कायम गर्ने उद्धेश्य बाँकेको सम्बेदनशील दुईपालिकामा परियोजना सुरु गरेका छ । 

बाँकेको नेपालगन्ज उपमहानगरपालिका र नरैनापुर गाउँपालिकालाई कार्य क्षेत्र बनाई सामाजिक सद्भाव कार्यक्रम सञ्चालन गरेको हो । 

नाइसले कार्यक्रम अन्तरगत धार्मिक तथा जातिय द्धन्द्ध न्यूनीकरणका लागि समन्वयात्मक भूमिका निर्वाह गर्ने, फरक धर्म तथा जातजाति बिचको सम्बन्ध सुदृढीकरणका लागि कार्यगर्ने र परम्परागत हानिकारक अभ्यासहरु बारे समुदाय सचेतना अभिबृद्धी गर्ने उद्धेश्यले कार्यक्रम सञ्चालन गरिएको छ । 

युएसएआईडि÷द एसिया फाउण्डेसन द्धारा सञ्चालीत नागरिक समाज र मिडिया परियोजनाको सहकार्यमा नाइसले सामाजिक सद्भावका लागि सँगै कार्यक्रम सञ्चालन गरेको हो । 

कार्यक्रम अन्तरगत पहिलो चरणमा कार्यक्रम सञ्चालीत नेपालगन्ज उपमहाजगरपालिका र नरैनापुर गाउँपालिकाका जनप्रतिनिधि, सम्बन्धित शाखा प्रमुख र सरोकारवालाहरुको सहभागितामा परियोजना परिचयात्मक बैठक सम्पन्न गरेको छ । जसमा सहभागि जनप्रतिनिधिहरुले अन्य कार्यक्रमका लागि थुप्रै परियोजना सञ्चालन गरिएको भएपनि नाइसले सञ्चालन गरेको सामाजिक सद्भाव कार्यक्रम बाँकेका लागि आवश्यक रहेको जिकिर गरेका थिए ।

सरोकारवालाको बैठक पश्चात नाइसले नरैनापुर गाउँपालिका र नेपालगन्ज उपमहानगरपालिकामा धार्मिक सद्भावका लागि युवाहरुसँग छलफल गरेको छ ।  

आज नेपालगन्ज उपमहानगरपालिका स्तरीय युवाहरुसँग छलफल तथा धार्मिक सद्भाव समिति गठन गरिएको छ । नाइसका अध्यक्ष हेमराज भट्टको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक सद्भाव परियोजनाको परिचय तथा धार्मिक सद्भाव समितिले गर्ने कार्यहरुको बिषयमा नाइसका परियोजना प्रबन्धक जोशिना थारुले प्रस्तुतीकरण गर्नु भएको थियो । छलफल पश्चात ओम प्रकाश चौहान, बन्दना सोनी, सालिया हास्मी, सुनिल परियार, श्रीराम पाल, प्रदिन कश्यप, अन्जना चतुर्वेदी, पवनराज उपाध्याय, सपना परियार, टेकराज जैशी, अजय तामाङ्ग र नितु प्रजापति सहितको नेपालगन्ज नगर स्तरीय धार्मिक सद्भाव समिति गठन गरिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार