मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

बर्दियाको मधुवन र गुलरियामा स्थानीय तहमा युवा सहभागिता सम्बन्धि कार्यशाला

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
२ जेठ २०८२, बिहीबार

नेपालगन्ज । बर्दिया जिल्लाको मधुवन र गुलरिया नगरपालिकामा स्थानीय तहमा युवा सहभागिताको कार्यविधि निर्माण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यशाला सम्पन्न गरिएको छ ।

दुबै पालिकामा बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको बालिका शसक्त परियोजना अन्तर्गत सो कार्यशाला सम्पन्न गरिएको हो । 

कार्यशालाको प्रमुख उद्देश्य राष्ट्रिय युवा परिषद्ले विकास गरेको सन्दर्भ निर्देशिकामा आधारित रहेर स्थानीय तहको युवा सहभागिता सम्बन्धि आफ्नै कार्यविधि निर्माण गर्नु रहेको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । 

मधुवन नगरपालिका वडा नम्बर ४ को आयोजनामा मधुवनमा सञ्चालन गरिएको युवा सहभागिता सम्बन्धी अभिमुखीकरण वडा नम्बर ४ का वडा अध्यक्ष बलिराम चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो । 

सो कार्यक्रमका प्रमुख अतिथि मधुवनका मेयर तेजबहादुर भाटले स्थानीय तहमा युवा सहभागिता सम्बन्धि आफ्नै कार्यविधि नहुँदा काम गर्न समस्या भएकोले सो निर्माणका लागि सल्लाह सुझाव लिईएको बताउनुभयो । 

कार्यक्रममा मधुवन नगरपालिकाका प्रवक्ता मेकबहादुर गुरुङले युवा सहभागिता विना विकास निर्माणसंगै कुनै पनि गतिविधि सफल नहुने कुरामा जोड दिनुभयो भने सबै नौ वटै वडाका वडा अध्यक्षहरूले पनि युवा मुद्दाहरूलाई गम्भीरतापूर्वक सम्बोधन गर्ने कार्यविधि आवश्यक रहेको बताउनुभयो । 

सोही प्रकारले नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण भण्डारीले समुदायलाई युवाकेन्द्रित कार्यक्रमहरूको बारेमा जान्न सहयोग गर्ने र युवाहरूलाई संलग्न हुन प्रेरित गर्ने कार्यविधि निर्माणमा जोड दिनुभयो । 

कार्यक्रममा युवासम्बन्धित नीतिहरू, स्थानीय सरकारका अभ्यासहरू र निर्णय प्रक्रियामा युवाहरूलाई संलग्न गराउनुको महत्वको बारेमा छलफल केन्द्रित रहेको थियो । किशोरकिशोरी र युवाहरूलाई बसोबासस्तरीय योजनाको क्रममा आफ्नै योजनाहरू प्रस्ताव गर्ने प्रक्रियाको बारेमा पनि सो अवसरमा जानकारी गराइएको थियो ।

बाँके युनेस्को क्लबका उपनिर्देशक गोविन्द प्रसाद लामिछानेले युवाहरूलाई आत्मविश्वासका साथ आफ्नो आवाज उठाउन प्रोत्साहित गर्ने खालको निति निर्माण गरिनुपर्ने माग गर्नुभयो । 

सोही प्रकारले गुलरिया नगरपालिकाको आयोजनामा गुलरियामा पनि स्थानीय तहमा युवा सहभागिता सम्बन्धि ढाँचा बारेको एक दिने कार्यशाला कार्यक्रम सम्पन्न गरियो ।   

कार्यशालाको अध्यक्षता गर्दै गुलरिया नगरपालिकाकी उपमेयर साबित्रा गौतमले स्थानीय तहमा युवाहरूको बढ्दो संलग्नताले वडा र नगरपालिकामा विकास कार्यलाई गति दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी वर्षको लागि नगरपालिकाको बजेट तर्जुमा गर्दा युवाका मागहरू सम्बोधन गरिने पनि बताउनुभयो । 

बाँके युनेस्को क्लबका उप निर्देशक गोविन्द प्रसाद लामिछानेले स्थानीयतहमा युवा सहभागिताको महत्वका बारेमा सरोकारवालाहरूलाई जानकारी गराउने उदेश्यले कार्यशाला आयोजना गरिएको बताउनुभयो । 

मधुवन र गुलरिया दुबै पालिकामा आयोजित कार्यशालामा सबै वडाका किशोरी, युवा र वडा अध्यक्षहरु गरी करिब ५०–५० जनाकोे सक्रिय सहभागिता रहेको थियो । 

दुबै कार्यशालाको सहजीकरण बसन्तकुमार बीसीले गर्नुभएको थियो भने क्लबका कार्यक्रम अधिकृत जनकराम थारु र फिल्ड सुपरभाइजरहरु नग्मा मनिहार तथा मिनु थारुले पनि सहयोग गर्नु भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार