मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

सामाजिक सद्भाव भड्काउने अम्बरलाल मौर्य माथि आरोप : मौर्यविरुद्ध प्रहरी गुहार

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१५ चैत्र २०८२, आइतबार

बाँके । नरैनापुर गाउँपालिकामा सामाजिक सद्भाव बिथोल्ने खालका अभिव्यक्तिहरू सार्वजनिक भएपछि विवाद चर्किएको छ। स्थानीय ‘जेनजी’ युवा नेता राज खानले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया जनाउँदै सम्बन्धित व्यक्तिमाथि कानुनी कारबाहीको माग गरेका छन् ।

राज खानका अनुसार नरैनापुर–६ निवासी तथा जय किसान माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्बर लाल मौर्यले पछिल्लो केही दिनदेखि सामाजिक सञ्जालमार्फत साम्प्रदायिक सद्भाव खल्बल्याउने गरी लक्षित अभिव्यक्तिहरू राख्दै आएका छन्। उनले यस्ता गतिविधिले समाजमा द्वन्द्व र असहिष्णुता फैलाउने खतरा बढाएको बताएका छन्।

खानले आफ्नो सामाजिक सञ्जाल पोस्टमार्फत यस्ता अभिव्यक्तिलाई कानुनविपरीत रहेको उल्लेख गर्दै तत्काल अनुसन्धान गरी मौर्यमाथि आवश्यक कारबाही गर्न जिल्ला प्रहरी कार्यालय बाँकेसँग माग गरेका छन् ।

नेपालको प्रचलित कानुनअनुसार कुनै पनि समुदाय, जाति वा धर्मविरुद्ध घृणा फैलाउने, द्वेषपूर्ण अभिव्यक्ति दिने कार्य दण्डनीय अपराध मानिन्छ। यस्ता गतिविधि सामाजिक सद्भाव खल्बल्याउने तथा सार्वजनिक शान्ति भंग गर्ने कसुरअन्तर्गत कारबाहीको दायरामा पर्ने कानुनी प्रावधान रहेको छ।

स्थानीय स्तरमा बढ्दो तनावलाई मध्यनजर गर्दै प्रशासनले घटनाप्रति गम्भीर ध्यान दिनुपर्ने माग पनि उठ्न थालेको छ। सरोकारवालाहरूले समयमै निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन् ।

यस विषयमा बाँके प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान सुरु गरि सकेको प्रहरी स्रोतले जनाएको छ । स्थानीयहरु मौर्यलाई पदबाट तत्काल बर्खास्त गर्न समेत गाउँपालिका संग माग गरेका छन् । गाउँपालिका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले नरैनापुरको सदभाव बिथोल्न खोज्नेहरुलाई कारवाहीको दायरामा ल्याउने बताउदै मौर्यलाई पदबाट बर्खास्त गर्न माग उठेकोले सो बिषयमा अध्ययन गरि अगाडि बढ्ने जानकारी दिनु भयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार