मुख्य समाचार
विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन |

नेपालगञ्ज साक्षर नगर घोषणा हुँदै

महमूद आलम खान 1133+ समाचार ( )
संक्रमणका कारण पछाडि पर्दै गएको अभियानलाई स्वास्थ्यका मापदण्ड अपनाई २०७८ फागुन मसान्त भित्र सम्पन्न गर्ने योजनाका साथ तयारी अगाडि बढाइएको हो ।
७ पौष २०७८, बुधवार

बाँके । आगामी फाल्गुन महिना भित्र नेपालगंज उपमहानगरपालिकालाई साक्षर नगर घोषणा गर्ने कार्यक्रम तयारी तीव्र पारिएको छ । संक्रमणका कारण पछाडि पर्दै गएको अभियानलाई स्वास्थ्यका मापदण्ड अपनाई २०७८ फागुन मसान्त भित्र सम्पन्न गर्ने योजनाका साथ तयारी अगाडि बढाइएको हो ।

कोरोना संक्रमणका कारण पछाडि पर्दै गएको जिल्ला साक्षर घोषणा अभियानलाई पछिल्लो समय नेपालगंज उपमहानगरपालिकाले तिव्र पारेको छ । मिश्रित समुदायले भरीएको नेपालगंज उपमहानगरपालिका लगायत बाँके जिल्लामा गरीवीका साथै शिक्षा,स्वास्थ्य,कुरीती,कुसंस्कार व्याप्त छ ।भौतिक पुर्वाधारलार्य मात्र विकास मान्ने सोचका कारण नेपालगंज उपमहानगरपालिका भित्र पर्ने केही पछाडी परेका समुदायको जीवनस्तरमा परिवर्तन आउन सकेको छैन । आर्थिक अभाव तथा अशिक्षाका कारण बाल विवाह अत्याधिक हुने गरेको यहाँ सानो उमेरमा पढ्न नपाएकाहरुलाई लक्षित गरी उपमहानगरपालिकाले साक्षरता कक्षा संचालन गरेको छ ।हस्ताक्षर त परै जावोस लेप्चेका भरमा रहेका समुदायका महिलाहरुले आभियानका दौरानमा विद्यालय जाने गर्दा निकै खुशी भएको पाइन्छ ।यसरी उपमहानगरपालिकाले सुरु गरेको साक्षरता कक्षामा आएर केही कुरा सिक्न पाएकोमा निकै खुशी लागेको नेपालगंज उपमहानगरपालिका वडा नं.२२ किंगरियान पुर्वाकी बाबुल निशा ।

पिछडीएको किङगरीया,चमार र बसखोर समुदायको बसोबास रहेका स्थानमा नेपालगंज उपमहानगरपालिकाले पहिलो चरणमा समुदायमा साक्षरता अभियानलाई प्राथमिकतामा राखेको बताउँदै आर्थिक तथा सामाजिक विकासका लागि एकीकृत विकास योजना बनाएर अघि बढ्ने नेपालगंज उपमहानगरपालिका शाखा अधिकृत लोकेन्द्र बहादुर शाही बताउँछन ।

नेपालगंज उपमहानगर पालिकाले साक्षर नगर घोषणका लागि शिक्षामा केही पछाडि परेका टोल बस्तीमा विषेश कक्षा संचालन गरेको छ ।उपमहानगरपालिले किंगरिया लगायतका लोपोन्मुख,विपन्न तथा सिमान्तकृत समुदायलाई साक्षर बनाउन नगरले विषेश फोकस गर्ने नेपालगंज उपमहानगरपालिका उपमेयर उमा थापा मगर बताउँछिन ।

नेपालगंज उपमहानगरपालिकाले विपन्न र सिमान्तकृत समुदायमा साक्षर नभएमा सामाजिक सुरक्षा भत्ता कटौती गर्ने साथै अन्य सेवा रोक्ने अनिर्वाय साक्षर कार्यक्रम लागु गरेको छ । अझै पनि धेरै किशोरी महिलाहरु विद्यालय जान नपाई निरक्षर रहेका छन। उपमहानगरले साक्षर नगर घोषण गर्ने अभियान संचालन गरेर उनीहरुलाई साक्षर बनाउने कक्षा सुरु गरेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार