मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नेपालगन्ज उद्योग बाणिज्य संघको अध्यक्षमा धामी निर्वाचित

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
३ भाद्र २०८०, आइतबार

नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको अध्यक्षमा टंकबहादुर धामी निर्वाचित भएका छन् ।

निकटतम प्रतिद्वन्दी ललितकुमार रौनियारलाई ८९० मतले पराजित गर्दै धामी अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचन समितिका अनुसार धामीले २४५६ मत पाउँदा रौनियारले १५६६ मत प्राप्त गरे । ४९३१ जना मतदाता रहेको नेपालगन्ज उद्योग बाणिज्य संघमा ४१३२ मत खसेको थियो । नयाँ नेतृत्व चुन्न शनिबार मतदान भएको थियो । अन्य पदाधिकारीको मतगणना भने जारी छ । 

खुला सदस्यतर्फको मतगणना पनि सकिएको छ । खुला सदस्यतर्फ १० जना निर्वाचित भएका छन् । समावेशी प्यानलबाट ७ जना र साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहबाट ३ जना सदस्यमा निर्वाचित भएका हुन् । 

निर्वाचन समितिका अनुसार समावेशी प्यानलबाट विष्णु श्रेष्ठ, डम्बरबहादुर चन्द, इन्दिराकुमारी शाही, तोपबहादुर थापा, सुदन केसी, टिकामणि उपाध्याय र बुद्धिबहादुर विके तथा साझा प्रजातान्त्रिक समूहबाट शिवप्रसाद दाहाल, युवराज ढकाल र सन्तोषकुमार पौडेल विजयी भएका छन् । 

बस्तुगतमा किसन गुरुङ, हिमनाथ पौडेल र विनय श्रेष्ठ निर्वाचित भइसकेका छन् । समान मत पाएका पौडेल र श्रेष्ठले आधा-आधा कार्यकाल बाँड्नेछन् । गुरुङले स्वतन्त्र उम्मेदवारी दिएका थिए भने पौडेल र श्रेष्ठले साझा प्रजातान्त्रिक समूहबाट उम्मेदवारी दिएका थिए । यस्तै एसोसिएटमा समावेशीका कमल कार्की र साझा प्रजातान्त्रिकका प्रदिपकुमार गुप्ता निर्वाचित भइसकेका छन् । 

नेपालगन्जका उद्योगी व्यवसायीहरु समावेशी र साझा प्रजातान्त्रिक गरी दुई वटा प्यानल बनाएर चुनावी प्रतिष्पर्धामा उत्रिएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार