मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

जनयुद्धका एक कुशल कमाण्डर सुवेदीलाई माओवादी केन्द्र बाँकेले गर्यो सम्मान

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
८ अशोज २०८०, सोमबार

नेपालगन्ज । नेकपा माओवादी केन्द्र बाँकेले लामो समयदेखि राजनीति गर्दै आउनु भएका नेता प्रकाश सुवेदी (चन्द्राकान्ता) लाई सम्मान गरेको छ ।  नेता सुवेदीलाई स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेश पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम) ले आइतवार बाँकेको खजुरामा खादा ओढाएर विषेश सम्मान गर्नु भएको हो । 

खजुरा गाउँपालिकाको वडा नम्बर २ स्थित रिमझिम बजारमा सम्पन्न माओवादी केन्द्र बाँके जिल्ला समन्वय समितिको सचिवालय बैठकमा नेता सुवेदीलाई सम्मान गरिएको बाँके संयोजक नरेन्द्रप्रसाद पाण्डे (जेम्स)ले जानकारी दिए । 

७० बर्षको उमेरमा पनि पार्टी एवं संगठन निर्माण गर्नमा युवाको जस्तो जोश र जाँगरसहित अहोरात्र खटिनुभएका अग्रज नेतालाई सम्मान गरिएको उहाँले बताउनु भयो । पार्टी रुपान्तरण अभियानसँगै अग्रज नेताहरुलाई पनि सम्मान गर्दै लैजाने परिपाटी बसाल्नका लागि नेता सुवेदीलाई सम्मान गरिएको संयोजक पाण्डेले जानकारी दिनुभयो । 

नेता सुवेदी माओवादी पार्टीको तीन महिने विशेष रुपान्तरण अभियान अन्तर्गत बाँकेको बिकट भनेर चिनिने नरैनापुर गाउँपालिकाको इन्चार्ज भई जिम्मेवारी बहन गरिरहेको उहाँले बताउनु भयो । 

सचिवालय बैठकले नेता सुवेदीलाई सम्मान गर्नुका साथै विभिन्न निर्णयहरु गरेको जिल्ला सचिव डिल्ली बरालले जानकारी दिनुभयो । 

बरालका अनुसार बैठकले जिल्लाका ८ वटै पालिकामा नमूनायोग्य श्रमशिविर र श्रमदान कार्यक्रमको आयोजना गर्ने, सम्पूर्ण जनवर्गीय संगठन एवं मोर्चाहरुको वडादेखि पालिकासम्मका भेला तथा सम्मेलन असोज महिनाभित्र सम्पन्न गर्ने, पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुको असोज १४ गते प्रशिक्षण कार्यक्रम गर्ने, जनताको सहभागितामा वृक्षरोपण तथा सरसफाई कार्यक्रम गर्ने, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न पार्टीले विषेश पहल गर्ने लगायतका निर्णयहरु गरेको छ । 

बैठकमा सहभागि ८ वटै पालिकाका अध्यक्ष तथा इन्चार्जले अभियानका बारेमा रिपोटिङ गरेको सचिव बरालले जानकारी दिनुभयो । तीन महिने विशेष रुपान्तरण अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरु लिएर यतिखेर माओवादी केन्द्र गाउँगाउँ पुगेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार