मुख्य समाचार
निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग | विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न |

तमु समुदायको पर्व ल्होसारको अध्यक्ष शाहद्वारा शुभकामना व्यक्त

यूथ टुडे समाचारदाता 3409+ समाचार ( )
१५ पौष २०८२, मङ्गलबार

बाँके । नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले तमु समुदायको महान पर्व ल्होसार, उधौली तथा योमरी पूर्णिमाको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण तमु समुदायका दाजुभाइ, दिदीबहिनीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

अध्यक्ष शाहले तमु समुदायको नयाँ वर्षका रूपमा मनाइने ल्होसार पर्वले सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आपसी सद्भाव, एकता र भातृत्वको भावना अभिवृद्धि गर्दै सबैको जीवनमा निरन्तर प्रगति ल्याओस् भन्ने कामना गर्नुभएको छ । गुरुङ समुदायको प्राचीन पात्रो अनुसार पुस १५ गते मनाइने ल्होसार पर्वले नयाँ वर्षको सुरुवातको संकेत गर्ने उल्लेख गर्दै यस अवसरमा नाता–कुटुम्ब भेला भई भोजभतेर तथा शुभकामना आदान–प्रदान गर्ने परम्पराले सामाजिक एकतालाई थप बलियो बनाउने उहाँको भनाइ छ ।

शुभकामना सन्देशमा अध्यक्ष शाहले सांस्कृतिक परम्पराका धनी नेपालका तमु समुदायले सदियौँदेखि आफ्नो मौलिक रीति, परम्परा र संस्कृतिको संरक्षण तथा संवर्धन गर्दै आएको उल्लेख गर्नुभएको छ । तमु ल्होसारको आफ्नै मौलिकता, परम्परा र विशिष्ट सांस्कृतिक महत्व रहेको बताउँदै यस्ता पर्वहरूले नेपाली समाजलाई विविधतामा एकताको सूत्रमा बाँध्ने विश्वास व्यक्त गर्नुभएको छ ।

अध्यक्ष शाहले ल्होसार, उधौली र योमरी पूर्णिमाजस्ता सांस्कृतिक पर्वहरूले सबै नेपालीबीच बन्धुत्व, प्रेम र एकताको भावना जगाउँदै शान्त, समुन्नत र समृद्ध नेपाल निर्माणमा प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामनासमेत गर्नुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार