मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

कुनै पनि धर्मको आस्थामाथी ठेस पुग्नेगरी काम नगर्ने शिव सेनाको निर्णय

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
शिवसेना ब्रस्त लगाएपछि नीति नियम धर्ममा बस्नु पर्ने, जाति द्वन्द्व गराउन चलखेल गर्नेलाई कारबाही गर्ने
१ भाद्र २०७९, बुधवार

बाँके । नेपाल शिवसेना बाँके नेपालगन्ज नगर कमिटीको अध्यक्ष सुनिल राज केसीको अध्यक्षमा नगर कमिटी गठन भएको छ ।

बुधबार नेपालगन्ज बिरेन्द्रचोकमा रहेको खनाल होटलमा सम्पन्न प्रथम नगर सम्मेलनले सुनिल केसीको अध्यक्षतामा ७६ सदस्यीय कमिटी गठन गरीएको छ भने उपाध्यक्षमा बिजय थापा लगायत ७६ सदस्यीय चयन भएका छन् ।

यसैबीच नवगठिन नगरकमिटीको पहिलो बैठकमा हिन्दु धर्मको रक्षा गर्नुका साथै कुनैपनि धर्मको आस्थामाथी ठेस आउने काम नगर्नुका साथै शिवसेना ब्रस्त लगाएपछि नीति नियम धर्ममा बस्नु पर्ने, कुनै पनि मुद्दामा एकल निर्णय नगरी नगर कमिटीको निर्णय अनुसार कार्य गर्नु पर्ने जस्ता निर्णय गरेको छ ।

अध्यक्ष सुनिलको अध्यक्षतामा बसेको बैठकले एक महिनाभित्र नेपालगन्ज उपमहानगरपालिकाका वडाहरूको वडा सम्मेलन तथा वडा कमिटी गठन गर्ने निर्णय पनि गरेको छ ।

उक्त कार्यक्रममा सभापति नेपालगन्ज उपमहानगरपालिकाका नगर अध्यक्ष सुनिल राज केसी , प्रमुख अतिथि अभिभावक दिवाकार खनाल , बिशिस्ट अतिथि नेपाल शिवसेना केन्द्रीय अध्यक्ष राज कुमार रोैनियार , अतिथि किशोर लामा , मंगल जिएम , शेर बहादुर शाही , बाँके महिला अध्यक्ष खुमा वलि , नेपाल मानव धर्म सेवा समिति भेरी राप्ती क्षेत्रका उपाध्यक्ष तेज नारायण कडेल लगायतको उपस्थिति रहेको थियोे भने कार्यक्रमको उद्घाटन कार्यक्रमका सभापति, प्रमुख अतिथि, बरिस्ठ अतिथिको सयुक्तमा उद्घाटन भएको थियोे ।

अधिकांश अतिथिहरुले हिन्दु धर्मको रक्षा कसरी गर्ने र अब हुने प्रदेश तथा संसदीय सभाको चुनावमा स्वतन्त्र रुपमा नेपाल शिवसेनाले पनि उम्मेदवारी दिने सँगै कसरी हुन्छ संसदीय भवनमा समेत शिवसेनाको उपस्थिति गराई हिन्दु धर्मको आवाजलाई लिएर संसदीय भवनमा समेत आवाज बुलन्द पारी देश व्यापी रुपमा हाम्रो देश नेपाल हिन्दुराज्य हुनुपर्ने जस्ता कुराहरु राखेका थिए ।

कार्यक्रम संचालन नेपाल शिवसेना केन्द्रीय सदस्य राजेश कुमार यादवले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार