मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

बाँकेको बैजनाथ गाउँपालिका वडा नं ७ मा २८० जना भूमिहीन सुकुम्बासीले पाए निस्सा

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
२४ कार्तिक २०८०, शुक्रबार

बाँके । बाँकेका सुकुम्बासीलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान गर्न सुरु गरिएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति बाँकेले जिल्लाका विभिन्न स्थानीय तहमा पुगेर भूमिहीन र सुकुम्बासीलाई निस्सा दिन थालेको हो ।

बैजनाथ गाउँपालिकामा वडा नं ७ मा तिहारको शुभकामना आदानप्रदान कार्यक्रमका बिच २८० जनालाई निस्सा प्रदान गरिएको भूमि आयोग जिल्ला समिति बाँकेका अध्यक्ष श्रवणकुमार यादवले बताए ।

भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गर्नका लागि निस्सा दिन थालिएको हो । निस्सा प्राप्त गरे पछि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरु अब चाँडै लालपुर्जा पाउने आशामा बसेका छन् ।

भूमि आयोग जिल्ला समिति बाँकेका अध्यक्ष यादवले गाउँपालिकाले छिटो गरेको खण्डमा लालपूर्जा वितरणको काम पनि चाँडो हुने बताए । ‘यो जग्गा प्राप्ती होइन । जग्गा नाप्ने बेलामा यही निस्सा देखाउनुपर्छ,’ यादवले भने, ‘निस्सा पाएपछि तपाईंहरुको एउटा चरण पूरा भयो । अब थप अनुगमन गरेर जग्गा वितरणका लागि प्रक्रिया अघि बढ्छ ।’

विभिन्न कागजपत्र र तीनपुस्ते विवरण भर्न छुट भई निस्सा नपाएका लाभग्राहीहरुलाई पनि प्रक्रिया पूरा गरेर निस्सा वितरण गरिने उनको भनाइ छ । निस्सा पाएका लाभग्राहीहरुको अब थप अनुगमन गरेर जग्गा वितरणका लागि नाँपजाँच गर्ने कार्य अगाडि बढेपछि छिट्टै लालपूर्जा वितरण हुने अध्यक्ष यादवले बताए ।

बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश शाहीले लामो समयसम्म जग्गा नपाएका सुकुम्वासी नागरिकले निस्सा प्राप्त गरेसँगै अब लालपुर्जा पाउने बाटो खुलेको बताए । लालपुर्जा प्राप्तीका लागि आवश्यक कार्य गर्न सहजीकरण गर्ने उनले बताए ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति बाँकेका विज्ञ सदस्य अशोक प्रसाद पोखरेलले जग्गा प्राप्तीका लागि सुकुम्वासीले बसिरहेको ठाउँमा पहिलो प्रथामिकता हुनेछन् । त्यो वाहेक वडा, पालिकाभित्र, जोडिएको पालिका वा नेपालका कुनैपनि ठाउँमा तोकिए त्यो ठाउँमा जग्गा पाउने पोखरेलको भनाइ छ । तिहारको शुभकामना आदानप्रदान कार्यक्रम एवं निस्सा वितरण कार्यक्रम गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय, भुमि आयोग बाँकेका सदस्यहरु मिना सिग्देल, भगवती अधिकारी, राजनितिक दलका प्रतिनिधिहरु, समाजसेवी, स्थानीयवासी र कर्मचारी लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार