मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

बाँकेको नरैनापुर गाउँपालिकास्थित नागरिक आरोग्य सेवा केन्द्र जिल्लामा प्रथम

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
२९ अशोज २०८२, बुधवार

बाँके । बाँके जिल्लामा स्थानीय तहमार्फत सञ्चालन भइरहेका आयुर्वेद स्वास्थ्य सेवामध्ये नरैनापुर गाउँपालिकामा रहेको नागरिक आरोग्य सेवा केन्द्र प्रथम घोषित भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको बाँके आयुर्वेद स्वास्थ्य केन्द्र, नेपालगञ्ज द्वारा आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन मूल्यांकनका आधारमा गरिएको प्रतिस्पर्धामा नागरिक आरोग्य सेवा केन्द्रले उत्कृष्ट सेवा प्रवाहका कारण प्रथम स्थान हासिल गरेको हो ।

बाँके आयुर्वेद स्वास्थ्य केन्द्रले नागरिक आरोग्य सेवा केन्द्र, नरैनापुरलाई सम्मानपत्र प्रदान गर्दै निरन्तर प्रगतिका लागि शुभकामना दिएको छ । सम्मानपत्रमा भनिएको छ , आगामी दिनहरूमा पनि सो सेवा केन्द्रबाट अझ प्रभावकारी, गुणस्तरीय र जनमैत्री सेवा प्रवाह हुने अपेक्षा गरिएको छ ।

कार्यक्रममा बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख डा. अलोक कुमार पाण्डेले उत्कृष्ट सेवा र समर्पणका लागि नरैनापुरस्थित आरोग्य केन्द्रका सम्पूर्ण स्वास्थ्यकर्मीलाई बधाई दिँदै निरन्तर उत्कृष्ट कार्यदक्षताको उदाहरण प्रस्तुत गर्न आग्रह गर्नुभयो ।

सो अवसरमा प्रदेश सरकार, पुर्व मन्त्री भण्डारी लाल यादव समेत पुरस्कार वितरण गर्दै, आयुर्वेद सेवाको प्रभावकारिता बढाउन यस्तो प्रतिस्पर्धा र सम्मानले थप प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको थियो ।

स्थानीय तहमा सेवा प्रवाहको उत्कृष्टता मार्फत जिल्लामै उदाहरण स्थापित गरेको नरैनापुर गाउँपालिकाको नागरिक आरोग्य सेवा केन्द्रले यो सम्मानलाई आगामी दिनमा अझै जनसेवाको प्रेरणाको रूपमा लिने बताएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार