मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

अत्याधुनिक सभा गृहको ९९ प्रतिशत काम सम्पन्न

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
१८ अशोज २०८१, शुक्रबार

बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१४ भवानीयापुरमा निर्माणाधीन अत्याधुनिक सभा गृहको ९९ प्रतिशत काम सम्पन्न भएको छ ।

सहरी विकास मन्त्रालयको बजेटमा नगर भवन निर्माण भइरहेको सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ कार्यालय बाँकेका निमित्त प्रमुख राम कृष्ण आचार्यले बताउनु भयो ।

सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ कार्यालय बाँकेका इन्जिनियर विवेक नेपालले भन्नुभयो,“अत्याधुनिक सुविधा सम्पन्न सभा गृहको निर्माण अन्तिम चरणमा छ । ९९ प्रतिशत काम सम्पन्न भइसकेको छ भने सरसफाइको काम भइरहेकाले सम्भवतः तिहार पछि यो हस्तान्तरणको प्रक्रिया थालिने छ ।”

२९ करोड ४५ लाख ५५ हजार नौ सय ५१ रुपैयाँको लागतमा लामा कन्स्ट्रक्सनले निर्माण गरिरहेको सो बहुउपयोगी सभाको डिजाइन परिवर्तन गर्दा बजेट बढेर रु ३२ करोड पुगेको छ । उक्त आयोजना निर्माणका लागि निर्माण कम्पनीले २०७८ साल साउन २५ गते काम सम्पन्न गर्ने गरी २०७५ माघ २५ मा सम्झौता गरे पनि पैसा निकासा नहुँदा समयमा काम सम्पन्न हुन नसकेको निर्माण कम्पनीले जनाएको छ ।

निर्माणाधीन अत्याधुनिक सभा गृहको नेकपा एमालेका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य दिपा शर्माले शुक्रबार अनुगमन गर्नुभएको छ । नेपालगन्जले ठुलो पूर्वाधार प्राप्त गरेको भन्दै सांसद शर्माले सञ्चालन कसरी गर्ने भन्ने विषयमा चिन्ता व्यक्त गर्न नहुने बताउनु भयो । उहाँले यो पूर्वाधारलाई पुर्णरुपमा उपयोग गर्ने दायित्व नेपालगन्जवासीको भएको उल्लेख गर्नुभयो । शर्माले सक्दो छिटो निर्माण गरेर भवनलाई हस्तान्तरण गर्न निर्माण कम्पनीलाई आग्रह गर्नु भयो ।

नेकपा एमालेका केन्द्रीय सदस्य पशुपति दयाल मिश्राले सभा गृहको निर्माण अन्तिम चरणमा छ तर केही थप बजेट पनि आवश्यक देखिएको छ, त्यसका लागि सम्बन्धित मन्त्रालय सँग पहल भई रहेको बताउँदै मिश्राले सभा गृह नेपालगन्जका लागि गौरबको योजना भएकोले यसलाई सञ्चालनका लागि नेपालगन्ज उपमहानगरपालिकाले जिम्मा लिनु पर्ने धारणा राख्नु भयो । सभागृहमा ८ सय सिट क्षमता छ । फिल्म हलमा जस्तै बाल्कोनी पनि बन्दैछ ।

अण्डरग्राउण्डमा २५ वटा चार पाङ्ग्रे र ६० दुई पाङ्ग्रे सवारी अट्ने पार्किङको व्यवस्था गरिएको छ । पहिलो र दोस्रो तलामा एक–एक वटा र दोस्रो तलामा दुई वटा साना हल पनि बनाइएको छ । थिएटरमा जस्तै चेञ्जिङ रुम, रिहर्सल, प्रशासनिक हल लगायतको व्यवस्था छ । बाँकेका तत्कालीन सांसद मोहम्मद इस्तियाक राई सहरी विकास मन्त्री हुँदा ‘नेपालगन्ज सभा गृह’का लागि बजेट विनियोजन गर्नु भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार