मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

स्थानीय निर्वाचनमा माओवादी एक्लै प्रतिष्पर्धा गर्न सक्षम छ- प्रचण्ड

महमूद आलम खान 1133+ समाचार ( )
माओवादी आफ्नै खुट्टामा उभिन सक्षम रहेकाले गठबन्धन वा सहकार्य आवश्यक नभएको बताउनुभयो
२७ फाल्गुन २०७८, शुक्रबार

बाँके । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आगामी स्थानीय निर्वाचनमा माओवादी एक्लै प्रतिष्पर्धा गर्न सक्षम रहेको बताउनु भएको छ ।

कर्णाली प्रदेशको पार्टी प्रशिक्षण सकेर काठमाण्डौ जाने क्रममा कोहलपुरमा आयोजित कार्यकर्ता भेटघाटमा बोल्दै उहाँले यस्तो बताउनुभयो ।

उहाँले माओवादी आफ्नै खुट्टामा उभिन सक्षम रहेकाले गठबन्धन वा सहकार्य आवश्यक नभएको बताउनुभयो । उहाँले युद्धकालमा जस्तै कमाण्ड र योजना बनाएर गाउँ गाँउमा जनतालाई प्रशिक्षित गर्न समेत निर्देशन दिनु भयो ।

उहाँले गणतन्त्र, संघियता ,धर्मनिरपेक्षता र समानुपातिक समाबेशी प्रतिनिधीत्व माओवादी योगदान भन्दै यसको महत्व जनतालाई बुझाउन आग्रह गर्नु भयो । त्यसैगरी लोडसेडिङको अत्यन्त लगायत माओवादीका सकारात्मक कामको पनि प्रचार गर्न आग्रह गर्नु भयो ।

उहाँले पार्टीको आठौ महाअधिबेशनले समाजवाद निर्माणको आधार तयार पारेको भन्दै सोही आधारमा पार्टी अगाडी बढने जिकिर गर्नु भयो ।

उहाँले स्वदेशी उत्पादनलाई बढावा दिदै आत्म निर्भर अर्थतन्त्र बिकास गरि उत्पादन ,रुपान्तर र सांस्कृतीक अभियान सञ्चालन गरिने बताउनुभयो । उहाँले एमसीसी व्याख्यात्क टिप्पणी अमेरीकाले स्विकार गरेकाले आफुले उठाउदै आएको संसोधन सहितको एमसीस पास गर्ने एजेण्डा सफल भएको दाबि गर्नु भयो ।

सोहि कार्यक्रमममा बिभिन्न पार्टी परित्याग गरी ३ दर्जन बढि माओवादी केन्द्रमा प्रबेश गरेका थिए । कोहलपुर नगरपालिका वडा नं ३, कोहलपुर २ र कोहलुर १४ का तिन दर्जन बढि माओवादी केन्द्रमा प्रबेश गरेका हुन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार