मुख्य समाचार
बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न | बर्दियाको ठाकुरद्धारामा सडक नाटक तथा अभिनय क्षमता विकास तालिम सम्पन्न | निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग | विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा |

युनेस्को बाँकेद्धारा राजापुरको भेरी माविमा शौचालय र कक्षा कोठा हस्तान्तरण

यूथ टुडे समाचारदाता 3411+ समाचार ( )
२८ कार्तिक २०८२, बिहीबार

नेपालगन्ज । बर्दियाको राजापुर नगरपालिका ८ भेरी माध्यामिक बिद्यालयमा नवनिर्मित अपांगमैत्री शौचालय र पुनः निर्माण गरिएका चार वटा कक्षा कोठालाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ ।

“सुरक्षा परियोजना” अन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा नवनिर्माण र पुनः निर्माण गरिएका शौचालय तथा चारवटा कक्षा कोठा भेरी माध्यमिक विद्यालयलाई हस्तान्तरण गरिएको हो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको हस्तान्तरण कार्यक्रममा नवनिर्मित संरचना बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले विद्यालयका प्रधानाध्यापक शिवप्रसाद कोइराला र विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममका मुख्यअतिथि तथा राजापुर–८ का वडा अध्यक्ष राजेश थारूले समावेशी र बालमैत्री शिक्षालाई प्रवद्र्धन गर्ने यस महत्वपूर्ण सहयोगप्रति आभार व्यक्त गर्दै उक्त पहलले विद्यालयमा सबैकालागि पहुँचयोग्य वातावरण सिर्जना गरेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि वडाको निरन्तर सहकार्य रहने प्रतिबद्धता जनाउनुभयो ।

विद्यालयका प्रधानाध्यापक शिवप्रसाद कोइरालाले प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको निरन्तर सहयोगप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै विद्यालयले शौचालय र कक्षा कोठाको नियमित सरसफाइ, मर्मत–सम्भार र अनुगमन सुनिश्चित गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले विद्यालयले वार्षिक बजेटमा यसका लागि विशेष कोष विनियोजन गर्ने जानकारी समेत दिनुभयो ।

कार्यक्रममा बाँके युनेस्को क्लबका वरिष्ठ उपाध्यक्ष पञ्चम गुरुङ, कार्यकारी निर्देशक रविकुमार तुलाधर, परियोजना संयोजक ईश्वर बिके र फील्ड सुपरभाइजर प्रमिशा थारू लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको समापनमा वडा, विद्यालय तथा परियोजना टिमबीच नयाँ संरचनाको प्रभावकारी प्रयोग, निरन्तरता र दीगो सञ्चालन सुनिश्चित गर्ने सामूहिक प्रतिबद्धता पनि व्यक्त गरिएको थियो । 

यस सहयोगले विद्यालयमा बालमैत्री, सुरक्षित र प्रेरणादायी सिकाइ वातावरण निर्माणमा टेवा पु¥याउने विश्वास लिइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार