मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नेपालीले सम्मानित भएर बाँच्न पाउने गरी देश बदल्ने कांग्रेस सभापति थापाको संकल्प

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१४ फाल्गुन २०८२, बिहीबार

बाँके। गगन थापाले सबै नेपालीले सम्मानित भएर बाँच्न पाउने गरी देश बदल्ने संकल्प व्यक्त गर्नुभएको छ । बाँकेको जानकी गाउँपालिकामा बिहीबार आयोजित नेपाली कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले आगामी पाँच वर्षलाई “असामान्य काम गर्ने समय”का रूपमा व्याख्या गर्नुभयो ।

स्थानीय बासिन्दा, कार्यकर्ता र समर्थकहरूको बाक्लो उपस्थितिमा बोल्दै थापाले अघिल्लो सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । “अघिल्लो समयमा सरकार बनाउने काममै ध्यान केन्द्रित भयो, समय खेर गयो,” उहाँले भन्नुभयो, “अब पछिल्ला क्षतिको पूर्ति गर्न तीव्र गतिमा काम गर्नु अपरिहार्य छ ।”

उहाँले प्रश्न गर्दा राज्यको गोलीले नमारिने नेपाल निर्माण गर्ने प्रतिबद्धता जनाउँदै युवाको आवाज सुन्ने र अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने दाबी गर्नुभयो । “अब प्रश्न गर्दा कुनै युवकले भदौ २३ गते जस्तो गोली खानु नपरोस्, कसैले सिंहदरबार जलाउनुपर्ने अवस्था नआओस्,” उहाँले भन्नुभयो ।

कांग्रेसको प्रतिज्ञापत्र कार्यान्वयनमा दृढ रहेको उल्लेख गर्दै थापाले अब कसैले झुटो मुद्दाको सिकार हुनुनपर्ने र सामान्य कामका लागि हातमा फाइल बोकेर काठमाडौं धाउनुपर्ने अवस्था अन्त्य गर्ने बताउनुभयो ।

उहाँले प्रत्येक नेपालीले सपना देख्न र त्यसलाई आफ्नै जीवनकालमा साकार पार्न पाउने अवसर सुनिश्चित गरिने उल्लेख गर्दै कृषकलाई केन्द्रमा राखेर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने योजना अघि सारे । “नेपालीलाई पेटभरि खुवाउने र आफ्नै उत्पादनलाई विश्वभर चिनाउने किसानको देश बनाउँछौं,” उहाँले प्रतिज्ञा गर्नुभयो ।

रोजगारी सिर्जना, लगानीमैत्री वातावरण निर्माण र ठूला पूर्वाधार आयोजनाको तीव्र कार्यान्वयनलाई उच्च प्राथमिकतामा राख्ने बताउँदै उहाँले थन्किएका पूर्वाधार आयोजनालाई छोटो समयमा सम्पन्न गर्न सक्षम र जोखिम लिन तयार नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

इतिहासको प्रसंग उठाउँदै थापाले २०६४ पछि संविधान निर्माणमा आएको जटिलता स्मरण गर्नुभयो । “नयाँ नेपाल भन्दै आएको माओवादीले संविधान जारी गर्न नसक्दा २०७० सालमा सुशील कोइराला को नेतृत्वमा संविधान जारी भयो,” उहाँले भन्नुभयो, “अब संविधानको कार्यान्वयन र रक्षाका लागि नेपाली कांग्रेसलाई मत दिनुहोस् ।”

अन्त्यमा उहाँले कांग्रेसबाट उम्मेदवारी दिएका उम्मेदवारलाई विजयी गराउन मतदातासमक्ष अपिल गर्नु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार