मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नरैनापुरमा एचपिभि खोप लगाउनेहरु उत्साहित

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
३० माघ २०८१, बुधवार

बाँके । मधेशी समुदायको ठुलो जनसङ्ख्या रहेको बाँकेको नरैनापुरमा मधेशी समुदायका किशोरीहरू पाठेघरको मुखको क्यान्सर बनाउने ह्युमन प्यापिलो भाइरस (एचपिभी) विरुद्धको खोप प्रति उत्साहित देखिएका छन् । 

यसअघि सञ्चालन गरिएका विभिन्न खोप अभियानमा सहभागी नहुने मधेशी समुदायका किशोरीहरू एचपिभी खोप लगाउन उत्साहित देखिएको युनिसेफका एसबिसी अधिकृत गाजी मोहम्मद मसूदले बताउनुभयो । 

उहाँले भन्नुभयो, “किशोरीहरूलाई खोप लगाउन समुदाय स्तरमा सचेतना मूलक कार्यक्रम गरेकोले पनि मधेशी बाहुल्य क्षेत्र नरैनापुरमा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाउन किशोरीहरू आएका छन् ।” 

नरैनापुर गाउँपालिकाका अध्यक्ष सैयद इश्तियाक अहमद शाहले कक्षा ६ देखि १० सम्म छात्रालाई र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई लक्षित गर्दै एचपिभी विरुद्धको खोप अभियान सञ्चालन गरेकोले सम्बन्धित खोप केन्द्रमा गएर खोप लगाउन अपिल गर्नुभयो । 

नरैनापुरको गाउँ गाँउमा पुगेर युनिसेफका प्रतिनिधि साजना कुवरले एचपिभी खोप लगाएपछि सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुने, ज्वरो आउने, टाउको दुख्ने, रिँगटा लाग्ने, मांसपेशी दुख्ने, थकाई लाग्ने पेट दुख्ने, वाकवाकी लाग्ने वान्ता हुने जस्ता प्रतिकुल असर देखिएपछि यस प्रकारका असर आफै ठिक हुँदै जाने हुँदा नआत्तिन किशोरीहरूसँग आग्रह गर्नु भएको थियो । 

दोस्रो चरणमा सुरु भएको एचपिभी खोप अभियानको पहिलो दिनमा नै नरैनापुरमा लक्षित समूहका २५ प्रतिशत किशोरीलाई खोप लगाइसकिएको नरैनापुरका स्वास्थ्य संयोजक नगेन्द्र कुमार शाहले जानकारी दिनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार