मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

नेपालगन्जमा सामाजिक सद्भावका लागि सामुहिक ऐक्यवद्धता

Youth Today News 1+ समाचार ( )
सदभाव बिथोल्न खोज्नेलाई कारवाही गर्न सरोकारवालाको माग
३ असार २०७९, शुक्रबार

नेपालगञ्ज । बाँकेको नेपालगन्जमा सामाजिक सद्भावका लागि सामुहिक ऐक्यवद्धता गरिएको छ । 

पछिल्लो समय सामाजिक सद्भाव खलबलिन थालेको भन्दै नागरिक समाजका तर्फबाट सामाजिक सद्भाव कायम राख्न नेपालगन्जको बिपि चौकमा ऐक्यबद्धता कार्यक्रम सम्पन्न भएको छ ।

गैर सरकारी संस्था महासँघ नेपाल बाँके शाखा, बास नेपाल, लगायत संस्थाहरुको संयुक्त आयोजनामा भएको कार्यक्रममा नेपालगन्ज स्थित विभिन्न धर्मका धर्मगुरुहरु, सामाजिक अभियन्ता, विभिन्न पेशा ब्यवसायी, संघ संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । 

कार्यक्रममा बोल्दै अन्तर धार्मिक तथा सामाजिक सद्भाव मञ्चका संयोजक तथा बागेश्वरी मन्दिरका मुल महन्त चन्द्रनाथ योगीले सामाजिक सद्भावको नमुना शहर नेपालगन्जमा कसैले पनि सद्भाव खल्बल्याउन नसक्ने बताए । कुनै एउटा धर्मका व्यक्तिलाई अप्ठेरो पर्दा अन्य सबै धर्मका ब्यक्तिहरु एकजुट भएर सहयोग र समर्थन गर्ने सद्भावको बेजोड नमुना नेपालगन्जमा रहेको उनको भनाई थियो । योगीले मोहम्मदका बिरुद्धमा बोलेका व्यक्तिलाई कानुनी बमोजिम कारवाही गर्न प्रशासनलाई अपिल गरे ।

उनले सबै धर्मगरुहरुको तर्फबाट आम नागरिकहरुलाई सामाजिक सद्भाव खलवलिने कुनै पनि काम नगर्न अपिल गरे । कार्यक्रममा बोल्दै मुस्लिम धर्मगुरु मौलाना जब्बार मन्जरीले कसैले सद्भाव खल्बल्याउन खोज्दैमा सद्भाव नखल्बलीने बताए । 

उनले सबैलाई हल्लाको पछि नलाग्न अपिल गरे । कार्यक्रममा बोल्दै नेपालगञ्जको सदभावलाई बिथोल्न खोज्नेलाई कानुनी कार्वाही हुनुपर्ने धारणा राखेका थिए । 

यस्तै मानव अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्रका केन्द्रीय अध्यक्ष आलम खानले बहुजाति बहुसांस्कृतिक र बहुधार्मिक आस्था केन्द्रका रूपमा विशाल छवि भएको नेपालगञ्जको पहिचान देशमा मात्र नभएर विश्व भरि रहेकोले उक्त पहिचानलाई मेटाउन खोज्ने हो कोहीलाई पनि कारवाही कानुनी दायरामा ल्याउन आग्रह गरे । 

उनले अधिकांश धर्म, सम्प्रदायका व्यक्तिहरू नेपालगञ्जमा आपसमा मिलेर रहेको अवस्था छ। विश्वमै धार्मिक सहिष्णुता कायम भएको शहरको रुपमा नेपालगञ्जको नाम अग्रस्थानमा आउँने भएकोले उक्त नामलाई कमजोर बनाउनका लागि इस्लाम धर्मका सन्देष्टा पैगम्बर मोहम्मदको बिरुद्धमा सामाजिक संजालमा स्टाटस लेखेर द्वन्द सृजना गर्न खोज्ने व्यक्ति माथि मुद्दा दर्ता भइसकेकोले कानुन बमोजिम कारवाही गरी सदभावलाई स्थापित गराउन तर्फ भुमिका निर्वाह गर्न अपिल गरे ।

गैर सरकारी संस्था महासँघ नेपाल बाँके शाखाका अध्यक्ष तथा बासका कार्यकारी निर्देशक नमस्कार शाहले् कार्यक्रममा स्वागत गर्दै कार्यक्रमको उद्धेश्य माथि प्रकाश पारेका थिए । शाहले पछिल्ला केही दिन यता सामाजिक सद्भाव खल्बल्याउन भईरहेका गतिविधिहरुलाई निष्तेज पार्न कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष तरुण बज्राचार्य, नेपाल उद्योग बाणिज्य महासँघका पूर्ब केन्द्रीय सदस्य कृष्ण प्रशाद श्रेष्ठ, नेपालगन्ज उद्योग बाणिज्य संघका महासचिब चिरन्जीबि वली, हरित अभियन्ता हेमन्तराज काफ्ले, नेपालगन्ज उपमहानगरपालिकामा वडा नम्बर ४ का निर्वतमान अध्यक्ष सफिक बेहना, रमेश राज रेग्मी लगायतले मन्तब्य सहित ऐक्यबद्धता जनाएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार