मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

भारतको उत्तराखण्डमा पहिरोले होटल बगाउँदा १७ नेपाली बेपत्ता

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
बेपत्ता हुनेमा कर्णाली प्रदेशको जुम्ला र हुम्लाका मात्रै १० जना छन्
१९ श्रावण २०८०, शुक्रबार

बाँके । भारतको उत्तराखण्डमा पहिरोले होटल बगाउँदा १७ नेपाली बेपत्ता भएका छन् । बेपत्ता हुनेमा कर्णाली प्रदेशको जुम्ला र हुम्लाका मात्रै १० जना छन् ।

केदारनाथ प्रवेश गर्ने सडक खण्डको रुद्रप्रयागमा पहिरोले होटल बगाउँदा १७ नेपाली बेपत्ता भएको भारतीय सञ्चारमाध्यम जागरणले जनाएको छ । बेपत्ता हुनेमा जुम्लाका चन्द्र कामी, उनका छोरा लालबहादुर कामी, सुखरा रावत र उनका छोरा जोरा रावतलगायत छन् ।

हुम्लाका वीरबहादुरले गौरीकुण्डमा होटल सञ्चालन गर्दै आएका थिए । उनको होटलमा खाना खान गएका बेला पहिरोले होटल बगाएको हो । पहिरोमा परेर होटल सञ्चालक वीरबहादुर उनकी श्रीमती सुमित्रा, छोरी निशा र छोरा हरिबहादुर पनि बेपत्ता भएका छन् । उनीहरूको थर भने खुलेको छैन । वीरबहादुरकै होटलमा खाना खान गएका धर्मराज बुढा र उनका छोरा मानबहादुर बुढा पनि बेपत्ता छन् ।

पहिरोमा परी अमर बोहरा, उनका छोराहरू मानबहादुर, पृथ्वी, जटिल र वकिल, श्रीमती अनिता, छोरीद्वय राधिका र पिंकी पनि बेपत्ता भएका छन् । तर, उनीहरू कुन ठाउँका हुन्न् भन्ने अझै खुलेको छैन । बेपत्ता सबैको खोजी भइरहेको उत्तराखण्ड प्रहरीले जनाएको छ । यो क्षेत्रमा भारी वर्षा भइरहेकाले उद्दार तथा खोजीमा कठिनाइ भएको बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार