मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |
मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |


नेपालगंजको जामा मस्जिदमा करोडौको घोटाला, अबैधानिक समिति गठन भए पछि मुस्लिमहरुद्धारा बिरोध

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
जिल्ला प्रशासनद्धारा छानविन सुरु, संस्था नविकरण नभए सम्म बैधानिकता नपाउने प्रजिअको भनाई
७ माघ २०८१, सोमबार

बाँके । बाँकेको नेपालगंजमा रहेको दारुल उलुम फैजुन्नवी जामा मस्जिद ईदगाह संचालक समितिको आन्तरिक विवाद जिल्ला प्रशासन कार्यालय बाँके हुदै गृह मन्त्रालय सम्म पुगेको छ । 

आठ बर्ष देखि लेखापरिक्षण र नविकरण नगरी करोडौ रकम अपचलन गरेको र विगत ७ महिना देखि निर्वाचन गराउने भनेर जिल्ला प्रशासन कार्यलयले गठन गरेको तदर्थ समितिले समेत साधारण सभा गराउन नसके पछि तदर्थ समितिले नै निर्वाचन गराउन भनी ५ सदस्य निर्वाचन समिति गठन गरेको थियो तर उक्त समितिले समेत निर्वाचन प्रक्रियामा नगएर तेस्रो साधारण सभा गरेर १९२७ जना सदस्य रहेको जामा मस्जिदमा १ सय ५१ जनाको उपस्थिती गराई अबैधानिक तरिकाले मूल समिति नै गठन गरे पछि साधारण सदस्यहरु निर्वाचनको माग गर्दै सोमबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझाएका छन् । 

ज्ञापन पत्र बुझाउदै साधारण सदस्यहरुले निर्वाचन गराउने भनी गठन भएको निर्वाचन समितिका संयोजक  सलिम हल्वाई (बाबु नेता) ले आफनो घरमा बसेर मूल समिति गठन गर्दै आफै मूल समितिको कोषाध्यक्ष बने पछि संयोजक हल्वाईको क्रतुत सार्वजानिक भएको बताए । 

प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई ज्ञापन पत्र बुझाउदै मुस्लिमहरुले २४ घण्टा भित्रै अबैधानिक रुपमा गठन भएको समितिलाई खारेज गरेर निर्वाचन घोषणा नगरिए चरणबद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् । प्रजिअ रिजालले ज्ञापन पत्र बुझदै मुस्लिमहरुले उठाएको माग प्रति आफू गम्भीर रहेको बताउदै उहाँले जामा मस्जिदको विवादका विषयमा छानविन सुरु गरिएको बताउनु भयो । उहाँले ८ वर्ष सम्म संस्था नविकरण र लेखापरिक्षण समेत नगरी पश्चिम नेपालको सबै भन्दा ठूलो धार्मिक संस्थामा कसरी आर्थिक कारोबार हुन सक्यो ? कस कसले कुन परियोजनका लागि उक्त संस्थामा पैसा दिए लगायतका विषयमा छानविन सुरु गरिएको बताउदै उहाँले संस्था नविकरण नभए सम्म कुनै व्यक्तिले गठन गरेको समितिलाई बैधानिकता दिन नमिल्ने जिकिर गर्नु भयो । प्रजिअ रिजालले समाज भित्रै द्धन्द गराउन मनोपरी तरिकाले समिति गठन गरेको प्रमाणित भए निर्वाचन समितिलाई हदै सम्म कारवाही गर्ने जिकिर गर्नु भयो । 

पश्चिम नेपालकै मुस्लिम समुदायको धार्मिक स्थल दारुल उलुम फैजुन्नबी जामा मस्जिदलाई ८ बर्ष देखि लेखा परिक्षण र नविकरण नगरि मनोपरी तरिकाले अनैतिक तत्वहरुले संचालन गर्दै करोडौ रकम हिनामिना गरिएको भन्दै मस्जिदका निर्वतमान महासचिव इरफान सिद्धिकिले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिए पछि उक्त तथ्य सार्वजानिक भएको हो  ।

नेपाल सरकारले दारुल उलुम फैजुन्नबी जामा मस्जिदको लेखा परिक्षण र निगरानी नहुनाले पनि यस्ता धन्दाको बढोत्तरी हुँदै गएको मुस्लिमहरुले आरोप लगाएका छन् । धार्मिक संस्थाको दानापानीमा ज्यान पाल्ने र तिनको गलत कामको पनि खुलेर समर्थन गर्नेहरु नै अबैधानिक रुपमा सो संस्थाको संचालक समिति बनाएको खबरले मुस्लिमहरुलाई आक्रोशित बनाएको छ ।

कानुनको ब्याख्या गर्दै सधै द्वन्द्व, निराशा पैदा गर्ने मुस्लिम समूदायको तर्फबाट सदभाव समितिका संयोजक बनेका व्यक्तिले नै द्धन्द गराउन खोजेको भन्दै मुस्लिमहरुले त्यस्ता व्यक्तिलाई सदभाव समितिबाट तत्काल हटाउन प्रजिअ संग माग गर्दै समूदाय भित्र द्धन्द गराउनेहरुको पहिचान गरी अबिलम्ब कारवाही गर्न माग गरेका छन् । 

धार्मिक संस्थाको दानापानीमा बाँच्न रमाइलो मान्ने र समुदायमा गद्दार गर्ने यस्ता परजीवी सोचाइको जो–कोहीलाई पनि कडा निगरानीमा राख्न माग गर्दै मुस्लिम अगुवा किस्मत अलिले भन्नुभयो, धार्मिक संस्था चलाउन देशभक्तले ओतप्रोत भएको इमान्दार, कर्मठ सबैलाई मिलायर स्थानीयसंगै हातेमालो गर्दै सामुहिक काम गर्न सक्ने असल नेतृत्वले मात्र नेपाली मुस्लिमलाई स्वाभिमानी र समृद्ध बनाउन सक्ने भएकोले तत्काल निर्वाचन गराई संस्थालाई जिवित गराउन प्रजिअ संग माग गर्नु भएको थियो । 

जिल्ला प्रशासन कार्यालय बाँकेले समुदायको कुरालाई प्रमुख प्राथमिकतामा राख्दै सो संस्था भित्र भएको भ्रष्टाचारको छानविन गरि भ्रष्टाचारीहरुलाई कारवाही गर्ने र अबैधानिक समितिलाई खारेज गरि निर्वाचन गराउन छिट्टै पहल गर्ने छ भन्ने विश्वास लिएको पूर्व अध्यक्ष मोहम्मद हुसेनले बताउनु भयो । 

मुस्लिमहरुले आजै नेपालगंज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टलाई समेत भेटेर ज्ञापन पत्र बुझाएका छन् । मेयर विष्टले निर्वाचन गराउन नगरपालिकाले पहल गर्ने बताउदै मस्जिदलाई अनिर्णयको बन्दी बनाउन खोज्नु चिन्ताको विषय भएको भन्दै निर्वाचन गराउन आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । मुस्लिमहरुले आजै गृह मन्त्रालय र मुस्लिम आयोगलाई समेत इमेल मार्फत ज्ञापन पत्र पठाएका छन् । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार