मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

धार्मिक भातृत्वका लागि नेपालगञ्जमा सामुहिक रोजा इफ्तार सम्पन्न

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
१ चैत्र २०८१, शनिबार

बाँके  । नेकपा एमालेको भात्रृ संगठन नेपाल मुस्लिम इत्तेहाद संगठन बाँकेका अध्यक्ष मोहम्मद सफिक बेहनाले इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अवसर पारेर आज शनिबार आयोजना गरेको बृहत इफ्तार कार्यक्रम सम्पन्न भएको छ । 

राजनितिक दलका नेताहरु, सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधिहरु र मुस्लिमहरु वीच आपसी सदभाव, धार्मिक सहिष्णुता तथा रोजाको सन्देश उजागर गर्ने उद्देश्यले १४ औं रमजानका दिन बेहनाले आयोजना गरेको रोजा इफ्तार कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य मोहम्मद हारुन हल्वाइले यस्ता कार्यक्रमले समाजमा धार्मिक सहिष्णुता बढाइ समाजमा भाइचाराको सम्बन्ध स्थापना गराउने बताउनुभयो । उहाँले यस्ताखालका कार्य गर्नको निमित्त बेहनाले हरेक बर्ष अग्रणी भूमिका निभाउँदै आएको समेत प्रष्ट्याउनुभयो । विशेष गरी नेपाली समाजलाई एउटै सामाजिक सुत्रमा एकत्व गर्नको निमित्त, धार्मिक सहिष्णुता युक्त समाज निर्माण गर्नको निमित्त, भाइचाराको सम्बन्ध निर्माण गर्दै समाज रूपान्तरणमा सदैव अग्रणी भूमिका निभाउँदै आएको भन्दै बेहनाको प्रशंसा गर्नु भयो ।

नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय कोषाध्यक्ष अब्दुल करिम खानले भन्नुभयो,‘नेपाली मुस्लिम समुदायको बेग्लै पहिचान छ, मुस्लिम समुदायको पहिचानलाई एमालेले सम्मान गर्दै आएको छ ।,’ उहाँले आफ्नो पार्टी सदैव सबै जात जाति र धर्मको सम्मान गर्दै उनीहरुको अधिकारको लागि लडेर आएकोले नै गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समावेशी सहभागीता सम्भव भएको बताउनुभयो । 

कार्यक्रममा नेकपा एमालेको अध्यक्ष निरक गुरुङ, सदस्य मिन बहादुर मल्ल, एमालेका नेता रबि बर्मा, जामा मस्जिद इदगाह संचालक समितिका निर्वतमान अध्यक्ष हाजी अब्दुल रहमान मियाँ, प्रेस चौतारीका केन्द्रीय सदस्य सकिल कादरी, अवधि पत्रकार संघ बाँकेका अध्यक्ष समिर अलि, जामा मस्जिदका पूर्व उपाध्यक्ष मोहम्मद ज्याउलहक हल्वाइ लगायतले रमजानको शुभकामना दिनु भएको थियो ।

इस्लामिक पात्रोको नवौँ महिनालाई रमजानको पवित्र महिना भनिन्छ र सो महिना भरी मुस्लिम समुदायले बिहान सुर्योदयदेखि बेलुका सुर्यास्तसम्म निराहार व्रत बस्ने गर्दछन्। सो क्रममा ठूलो संख्यामा नेपालगन्जका मुस्लिम समुदाय सहभागी भएका थिए ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार