मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

मानखोलामा अबैध उत्खनन अझै रोकिएन

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
गाउँ शहर जताततै दशैको चहलपहल छ सबै आ आफ्नो तरिकाले दशैं मनाउने जोहो गर्दैछन् तर मानखोलाको अबैध उत्खनन रोकिएको छैन ।
१६ अशोज २०७९, आइतबार

बाँके । बाँके जिल्लाको बैजनाथ गाउँपालिका र बर्दिया जिल्लाको सिमानामा रहेको मानखोलामा अबैध उत्खनन अझै रोकिएन ।

गाउँ शहर जताततै दशैको चहलपहल छ सबै आ आफ्नो तरिकाले दशैं मनाउने जोहो गर्दैछन् तर मानखोलाको अबैध उत्खनन रोकिएको छैन ।

बिजयादशमी नजिकिदै गर्दा बाँकेको बैजनाथ गाउँपालिकामा भने सबै स्थानीय दशैको रौनक छाएको समय छोपी बैजनाथ गाउँपालिका २ जब्दहवा स्थित मानखोलामा स्थानीयहरुले खोलामा रंगेहात टिप्पर र जे सि भि नियन्त्रणमा लिए र स्थानीय प्रहरी लाई बुझाएका थिए तर आइतबार फुलपातीको दिन उक्त गाडी बैजनाथ गाउँपालिका अध्यक्षको निर्देशनमा कार्यालय खुलेपछि राजश्व बुझाउने गरि ईलाका प्रहरी कार्यालय नौवस्तामा राख्ने ठाँउ नभएर तोडफोड हुन सक्ने भएकोले टिप्पर धनी लाई बुझाएको ईलाका प्रहरी प्रमुख थापाले जानकारी दिए ।

ईलाका अगाडि पार्किङ गरेर राखिएको गाडी नै सुरक्षीत छैन भने किन चाहियो प्रहरी प्रशासन आम जनचासोको विषय बनेको छ।

यदि कोइ स्थानीयले प्रहरी अथवा पत्रकार बोलाएर उत्खनन बारे जानकारी दिए ज्यान मार्ने धम्की आखिर किन यस्तो हुँदै छ ? के अब श्री ५ को सरकार भन्दा पनि धेरै दबाबमा बस्नुपर्ने हो त स्थानीयलाई सम्बन्धित निकाय किन मुखदर्शक बनेको छ।

यस्तो छ केही दिन अगाडि नियन्त्रणमा लिएको टिप्पर र जे सि भि स्थानीय नागरिकहरुले प्रहरीलाई बुझाएपनी ईलाका प्रहरी कार्यालय नौवस्ता ईन्चार्ज धन बहादुर थापा राजश्व नलिएर छोडेको स्वीकार गरेका छन् ।

इलाका प्रहरी नौवस्ताले जे सि भि र टिप्पर नियन्त्रणमा लिएर थप प्रक्रिया अगाडि बढाउने बताए पनि ईलाका अगाडि नै टिप्पर सुरक्षीत नहुने हलुका बहाना बनाएर प्रहरी पन्छिएको छ।

बैजनाथ २ का वडा अध्यक्ष राजु रुचाल ठकुरी भने कानुन अनुसार कार्बाही गर्ने बताएका थिए तर निर्माण ब्यवसायी देब बहादुर बस्नेतले गत बर्ष वडा अध्यक्ष स्वयंले ९ हजार टिप्पर बालुवा गिट्टी डिगिया मानखोला बाट उत्खनन गरेको बैजनाथ सम्बादातालाई जानकारी दिएका हुन् । आफ्नो पोल खुल्ने डरका कारण वडा अध्यक्ष राजु रुचाल ठकुरीले स्थानीय प्रहरीलाई निर्देशन दिएर गाडी छोडेको खुल्नमा आएको छ।

मानखोला दोहनको यो पहिलो घटना भने हैन केही दिन अगाडि बैजनाथ ६ सम्झना प्रहरी चौकी ईन्चार्ज खत्रीले रंगेहात खोला बाट पानी टप्कदै गरेको स्थानीय जनप्रतिनिधिको टिप्पर नियन्त्रणमा लिँदा जिल्ला प्रहरी प्रमुखले नै छोडन आदेश दिएको खुलेको छ ।

यो घटनाको बारे कोहलपुर ईलाका प्रहरी कार्यालय प्रमुख डिएसपि ऐन बहादुर मल्ल भन्नुहुन्छ यो टिप्पर नियन्त्रणमा लिईएको पहिलो घटना होईन यो भन्दा अगाडि ५ वटा टिप्पर स्थानीय गाउँपालिकाले राजश्व उठाउने गरि प्रहरीले नियन्त्रणमा लिएको टिप्परहरु गाउँपालिकालाई बुझाएको बताउँछन् ।

अब हेर्न बाँकी छ बिगतमा छोडेका टिप्परहरु बाट राजश्व कति संकलन भयो या भएन ? कि देखाउने एउटा गर्ने अर्को हो कि ? किन प्रहरी नै राजश्व नलिएर छोड्न बाध्य भयो त ? स्थानीय राजश्वलाई प्रहरीले नियन्त्रणमा लिएको कुनैपनी सामाग्री बुझाएको प्रमाण के छ ? भनेको भरमा छोड्ने हो भने कुनै सामान्य ब्यक्तिको ट्याक्टर नियन्त्रण लिएको खण्डमा लिलाम गर्ने तर पावर र पहुँचको भरमा ज्यादती गर्ने अधिकार छ त ? यस्तै प्रश्नहरुको जवाफ सहित निरन्तर तपाईंको माझमा हुने छौँ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार