मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

भेरी अस्पतालमा नूरआयानको लिगामेन्टको सफल शल्यक्रिया

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१ श्रावण २०८२, बुधवार

बाँके । भेरी अस्पताल नेपालगञ्जमा लिगामेन्टको सफल शल्यक्रिया गरिएको छ । यसअघि राजधानी काठमाडौंबाट प्रविधि र दक्ष जनशक्ति निम्त्याएर गरिने उक्त उपचार भेरी अस्पतालकै चिकित्सकले शल्यक्रिया सफल गरेका हुन् । 

अस्पतालका वरिष्ठ कन्सल्ट्यान्ट अर्थोपेडिक डा. प्रकाश थापा, अर्थोपेडिक डा. तीर्थेन्द्र खड्का र अर्थोपेडिक डा. शैयद सद्दामको टोलीले नरैनापुर गाउँपालिका २ का १८ वर्षीया शैयद नुर आयानको घुँडाको सफल शल्यक्रिया गरेका हुन् । 

१६ दिन पहिला मोटरसाइकल दुर्घटनामा परी घाइते भएका आयानको दाँया खुट्टाको घुँडामा चोट लाग्दा २ वटा नशा एसिल र पिसिएल भाँचिएको थियो । डा. थापाले भन्नुभयो, ‘भेरी अस्पतालका चिकित्सकको टिमले अहिले सम्पटक १ हजार १ सय १ जनाको सफल शल्यक्रिया गरे छ ।’ वरिष्ठ कन्सल्ट्यान्ट अर्थोपेडिक डा. खड्कासहित ३ जनाको टोलीले एसिल र पिसिएल नशाको सफल शल्यक्रिया गरेको जानकारी दिँदै अस्पतालका डाक्टर सद्दामले दूरबिनका माध्यमबाट सिंगल लिगामेन्टको केहि वर्षदेखि उपचार भइरहेको बताउनु भयो । भेरीमा ३ वर्षमा लिगामेन्टको मात्र ११ सय १ जना बिरामीको शल्यक्रिया भइसकेको छ । भेरीलाई विशिष्टकृत सेवा अस्पतालका रूपमा विकास गर्ने सरकारको निर्णयसँगै विभिन्न सेवा थपिँदै लगिएको छ । ‘ गम्भीर बिरामी हुँदा भारत वा काठमाडौं जानुपर्ने बिरामीको बाध्यतालाई भेरी अस्पतालले कम गरिदिएको भेरी अस्पताल बिकास समितिका सदस्य डा. डक्ट प्रसाद धितालले बताउनुभयो । 

गुणस्तरीय सेवा प्रदान गरेर विरामीको मन जित्न भेरी अस्पताल सफल हुँदै गएको बताउदै आयानका बुबा नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले नेपाल र भारतीय सीमा क्षेत्रबाट आउने विरामीले गुणस्तरीय सेवा पाउँदै आएको बताउनु भयो । अस्पतालमा जटिल शल्याक्रियालाई आवश्यक पर्ने प्रविधि र विशेषज्ञ चिकित्सक उपलब्ध भएसँगै उपचार गराउने विरामीको संख्या बढ्दै गएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार