बाँके । प्रस्तावित वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगन्जमा जारी वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा भक्ताहरुको उपस्थिती बढ्नुका साथै दान प्राप्त हुने क्रम पनि बढ्दै गएको छ । कथा वाचनको तेस्रो दिन ३० लाख बढी दान प्राप्त भएको महोत्सव आयोजक समितिले जनाएको छ । आजको कथा वाचनमा नेपालगन्ज सहित यस आसपासका स्थानीय पालिकाबाट पनि संस्थागत सहभागिता रहेको थियो ।
वाचन शिरोमणी पं दीनबन्धु पोखरेलको प्रमुख वाचनमा जारी आध्यात्मिक महोत्सवको तेस्रो दिनमा ३० लाख बढी आर्थिक संकलन भएको आर्थिक संयोजक कृष्णप्रसद श्रेष्ठले जानकारी दिनुभयो ।
आजपनि पंडित पोखरेलको प्रवचनका बीचमा उँहाको संगीत मण्डलीबाट विभिन्न आलङ्कारिक नाट्य प्रदर्शन गरेकोे थियो । भागवत कथामा आधारित नाट्य मञ्चनलाई सहभागीबाट तालिका गडगडाहटले स्वागत र सम्मान गरेका थिए ।
आर्थिक समितिले दिएको जानकारी अनुसार आजको कथा प्रवचनका बीच कोहलपुरकी खुमा अर्यालबाट १० लाख ११ हजार रुपैयाँ दान गर्नु भएको छ भने नेपालगन्ज १२ की सुशिला शर्माले ५ लाख ५ हजार वैकुण्ठधाम निर्माणका लागि प्रदान गर्नु भएको छ । त्यसैगरि रुपन्देहीको बुटवल स्थायी घर बस्नुहुने नेपालगन्जका प्रसिद्ध चिकित्सक डा. रमेश कुमार श्रेष्ठबाट ४ लाख १० हजार, नेपालगन्ज ९ का रामचन्द्र आचार्यबाट २ लाख ५५ हजार ५५५ रुपैयाँ, नेपालगन्ज १० भृकुटीनगरका डा. लक्ष्मण सिग्देलबाट १ लाख १ हजार १११ रुपैयाँ, नेपालगन्ज ६ की निरु रेग्मीबाट १ लाख ११५ रुपैयाँ दान गर्नु भएको आर्थिक संयोजक श्रेष्ठले बताउनु भयो ।
वैकुण्ठधामको निर्माणमा आफ्नो सहभागिता जनाउँदै नेपालगन्ज घर भएर हाल बेलायत बस्दै आउनु भएकी प्रान्जली बस्नेतबाट १ लाख १ हजार, अधिवक्ता गिरिवर अग्रवालबाट ५१ हजार रुपैयाँ, नेपालगन्ज घर भइ हाल बेलनायत बस्दै आउनुभएकी करुणा शाहीले ३५ हजार १०० रुपैयाँ, जेष्ठ नागरिक सञ्जालबाट २५ हजार ५५५ रुपैयाँ, कन्हैयालाल टण्डनबाट २५ हजार रुपैयाँ, नेपालगन्ज १८ का पूर्णदेव गिरीबाट २५ हजार रुपैयाँ र नेपालगन्जका खत थापाबाट २५ हजार १०० रुपैयाँ दान गर्नु भएको आर्थिक संयोजक श्रेष्ठले बताउनु भयो । आजैमात्र तुलादानबाट २१ हजार र ब्रतबन्धबाट १० हजार २०० आम्दानी भएको उहाँले बताउनु भयो ।
सिधनियाघाटमा दाहसँस्कार गर्ने घाटसहितको संरचना निर्माण गर्ने उद्देश्यका साथ आध्यात्मिक महोत्सव सुरु भएको हो । उक्त आध्यात्मिक महोत्सव कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ ।