मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

जाजरकोटका १५० भुकम्पपिडित विपन्न परिवारलाई न्यानो लुगा वितरण

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१३ माघ २०८०, शनिबार

खलंगा । चिसोका कारण समस्यामा परेका जाजरकोटका १५० अतिविपन्न भुकम्पपिडित परिवारलाई न्यानो लुगा वितरण गरिएको छ । 

अति विपन्न भुकम्पपिडितकालागि न्यानो लुगा आवश्यक रहेको जानकारी पाएपछि

इलुमिनेट नेपाल मिडिया सेन्टरद्धारा सञ्चालित गुडन्युज खबर साप्ताहिक बाँकेको एक टोलीले जाजरकोट पुगेर १५० पिडित परिवारलाई न्यानो लुगा वितरण गरेको छ । 

कात्तिक १७ गते राती गएको भुकम्पबाट पिडित भएका जाजरकोटको भेरी नगरपालिका ११ करा गाउँका अतिविपन्न १५० परिवारलाई उनको गाउँमै पुगेर न्यानो लुगा वितरण गरिएको हो । 

भुकम्पपिडित अतिविपन्नहरु चिसोले समस्यामा परेका जानकारी पाएपछि जिल्ला विपद व्यवस्थापन समिति जाजरकोटको अनुरोधमा न्यानो लुगा वितरण गरिएको इलुमिनेट नेपाल मिडिया सेन्टरका निर्देशक डाक्टर डक्ट प्रसाद धितालले बताउनुभयो । 

उहाँले वडा नम्बर ११ का अतिविपन्न १५० परिवारलाई चिसोमा समस्या परेकोले राहात स्वरुप हरेक परिवारलाई एक थान कम्बल र एक पिफोम वितरण गरिएको बताउनुभयो । 

पिडित परिवारलाई जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी प्रमुख डिएसपी सन्तोष रोकाया, राष्टिय अनुसन्धानका डिएसपी सन्तोष बस्नेत, वडा नम्बर ११ का वडा अध्यक्ष लक्ष्मी प्रसाद जैसी, इलुमिनेट नेपाल मिडिया सेन्टरका निर्देशक डाक्टर डक्ट प्रसाद धिताल लगायतले न्यानो लुगा वितरण गर्नुभयो ।  

सो अवसरमा वडा अध्यक्ष जैसीले चिसो अत्यधिक बढ्दा वडाका धेरै विपन्नहरु विरामी पर्न थालेकोले यो राहातबाट उनिहरुलाई ठुलो सहयोग पुग्ने बताउनुभयो । उहाँले राहात दिने सबैको ध्यान घरहरु भत्किएका, मानिस मरेका ठाउँमा मात्र पर्ने गरेकोले घर चर्किएर बाहिर बस्नु परेका वडा नम्बर ११ का वासिन्दा अतिनै पिडित रहेकोमा यो राहतले धेरै सहयाग गर्ने बताउनुभयो । 

न्यानो लुगा पाएपछि अधिकांश स्थानीयले चिसोमा न्यानो लुगा राहात पाएकोले चिसोबाट जोगाउन मद्दत मिल्ने प्रतिक्रिया दिनुभएको थियो । 

यसअघि केही महिना पहिले पनि ज्ञान नेपालले जाजरकोट पुगेर भेरी नगरपालिका ४ का ३३६ पिडित परिवारलाई न्यानो लुगा वितरण गरेको ज्ञान नेपालका कार्यक्रम अधिकृत तिलक नेपालीले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार