मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

भारतले पाकिस्तानलाई दियो २६७ रनको लक्ष्य

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
१६ भाद्र २०८०, शनिबार

काठमाडौं । एसिया कपमा भारतले पाकिस्तानलाई २६७ रनको लक्ष्य प्रस्तुत गरेको छ। श्रीलंकाको क्यान्डीमा टस जितेर ब्याटिङ गरेको भारतले ७ बल अगावै आलआउट हुँदै २६६ रन बनायो। 

इशान किसन र हार्दिक पाण्डेले इनिङ सम्हालेपछि भारतले सम्मानजनक लक्ष्य प्रस्तुत गर्न सकेको हो। ९० बल खेलेका हार्दिकले ७ चौका र एक छक्कासहित सर्वाधिक ८७ रन बनाए। त्यसअघि पेभेलियन फर्किएका किशनले ९ चौका र दुई छक्कासहित ८२ रन बनाए।

भारतले दस ओभरको खेलमै महत्वपूर्ण तीन विकेट गुमाउन पुगेको थियो। भारतले कप्तान रोहित शर्मा, विराट कोहली र श्रेयश लयरलाई सुरुवातमै गुमाउन पुगेको थियो। रोहितले ११, विराटले ४ र श्रेयशले १४ रन बनाएका थिए।

त्यस्तै शुभम गिलले १०, रविन्द्र जडेजाले १४, श्रदुल ठाकुरले ३, कुल्दीप यादवले ४, जसप्रित बुमराहले १६ रन बनाए भने मोहम्म सिराज १ रनमा अविजित रहे।

पाकिस्तानका लागि साहिन शाह अफ्रिदीले ४ सर्वाधिक ४ विकेट लिए। त्यस्तै नसिम शाह र हरिस राउफले तीन-तीन विकेट लिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार