मुख्य समाचार
बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन | कन्या विद्यालयलाई माध्यमिक तहसम्म विस्तारः जानकीमा गुणस्तरीय शिक्षाको नयाँ अभियान सुरु | प्रमुख प्रशासकीय अधिकृतहरूको ‘यौनकाण्ड’ उजुरीले सामान्य प्रशासन मन्त्रालयमा हलचल | संविधान कुल्चँदै सांसदलाई तत्कालीन राजपरिवारलाई जस्तै उन्मुक्ति दिने प्रस्ताव | शेखर गोल्छा पक्राउ | पाँच बुँदे सार्वजनिक प्रतिबद्धतासहित जानकी गाउँपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न | गृह मन्त्री सुदन गुरुङले दिए पदबाट राजीनामा | जमुनाहा नाकामा उपभोक्तामाथि दुर्व्यवहार: व्यवसायीको ‘चेकजाँच शैली’प्रति चौतर्फी विरोध | स्वास्थ्य चौकीमा लापरवाही : वडा अध्यक्ष टिकानाथ यादवको कडा निगरानी |
मुख्य समाचार
बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन | कन्या विद्यालयलाई माध्यमिक तहसम्म विस्तारः जानकीमा गुणस्तरीय शिक्षाको नयाँ अभियान सुरु | प्रमुख प्रशासकीय अधिकृतहरूको ‘यौनकाण्ड’ उजुरीले सामान्य प्रशासन मन्त्रालयमा हलचल | संविधान कुल्चँदै सांसदलाई तत्कालीन राजपरिवारलाई जस्तै उन्मुक्ति दिने प्रस्ताव | शेखर गोल्छा पक्राउ | पाँच बुँदे सार्वजनिक प्रतिबद्धतासहित जानकी गाउँपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न | गृह मन्त्री सुदन गुरुङले दिए पदबाट राजीनामा | जमुनाहा नाकामा उपभोक्तामाथि दुर्व्यवहार: व्यवसायीको ‘चेकजाँच शैली’प्रति चौतर्फी विरोध | स्वास्थ्य चौकीमा लापरवाही : वडा अध्यक्ष टिकानाथ यादवको कडा निगरानी |


कन्या विद्यालयलाई माध्यमिक तहसम्म विस्तारः जानकीमा गुणस्तरीय शिक्षाको नयाँ अभियान सुरु

यूथ टुडे समाचारदाता 3326+ समाचार ( )
११ वैशाख २०८३, शुक्रबार

बाँके । जानकी गाउँपालिका–३ स्थित नेपाल राष्ट्रिय कन्या माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धि विषयमा आयोजना गरेको कार्यक्रमले स्थानीय तहमा शिक्षा सुधारको नयाँ बहस सुरु गरेको छ । कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, शिक्षा क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूले गुणस्तरीय शिक्षाका लागि सबै पक्षको संयुक्त प्रयास अपरिहार्य रहेकोमा जोड दिएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष छब्बन खाँले गुणस्तरीय शिक्षाको मेरुदण्ड नै सक्षम, योग्य र उत्प्रेरित शिक्षक भएको स्पष्ट पारे। विषय विशेषज्ञता, आधुनिक शिक्षण विधि र विद्यार्थीलाई सिकाइ प्रक्रियामा सक्रिय बनाउने क्षमता भएका शिक्षक बिना शिक्षा सुधार सम्भव नहुने उनको भनाइ थियो। उनले कन्या विद्यालय आधारभूत तहबाट माध्यमिक तहसम्म विस्तार हुनु गर्वको विषय भएको उल्लेख गर्दै अब गुणस्तरमा कुनै कमी हुन नदिन शिक्षकहरूलाई निर्देशन दिनु भयो ।

अध्यक्ष खाँले नेशनल मंडेलाको प्रसिद्ध भनाइ स्मरण गर्दै शिक्षा समाज परिवर्तनको सबैभन्दा शक्तिशाली माध्यम भएको बताउनु भयो । उहाँका अनुसार शिक्षा नै गरिबी, अशिक्षा र सामाजिक असमानता अन्त्य गर्ने मुख्य औजार हो । जानकी गाउँपालिका मधेशी, मुस्लिम र दलित समुदायको बहुल्यता रहेको क्षेत्र भएकाले सबैका लागि सहज र समावेशी शिक्षा सुनिश्चित गर्नुपर्नेमा उहाँको जोड थियो ।

उहाँले विद्यालयको भौतिक संरचना निर्माणमा प्रगति भएको जानकारी दिँदै आवश्यक पूर्वाधारका लागि थप बजेट माग गरिएको र विद्यालय परिसरमा खानेपानी बोरिङ जडान गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले कन्या विद्यालयलाई ‘स्मार्ट विद्यालय’ बनाउने लक्ष्यसहित करिब तीन करोड रुपैयाँ बजेट माग गरिएको जानकारी दिनु भयो । उहाँले शिक्षकहरूलाई आगामी परिवर्तनका लागि तयार रहन आग्रह गर्दै गुणस्तरीय शिक्षा प्रत्येक बालबालिकाको अधिकार भएको बताउनु भयो । साथै, ‘पढ्दै कमाउने’ अवधारणालाई लागू गरी रोजगारमूलक शिक्षा दिनुपर्नेमा उहाँको विशेष जोड थियो ।

गाउँपालिकाका प्रवक्ता टिकानाथ यादवले शिक्षकहरूलाई “समाजको ऐना” बन्न आग्रह गर्दै छोरी शिक्षाको महत्वमा प्रकाश पार्नु भयो । उहाँले कन्या विद्यालयलाई स्थानीय स्तरमै सीमित नराखी जिल्लाकै नमूना विद्यालय बनाउने लक्ष्यका साथ अघि बढ्न आह्वान गर्नु भयो ।

शिक्षा शाखा प्रमुख कृष्णा कुमारी भण्डारीले कन्या विद्यालय आधारभूतबाट माध्यमिक तहमा स्तरोन्नति हुनु ऐतिहासिक उपलब्धि भएको बताउँदै यसलाई उत्कृष्ट विद्यालयको रूपमा विकास गर्न शिक्षकहरूको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्नु भयो । महिला शिक्षिकाहरूले नेतृत्व गरेको विद्यालय भएकाले उदाहरणीय कार्यसम्पादन गर्नुपर्ने उहाँको सुझाव थियो।

शिक्षाविद् किरण आचार्यले गुणस्तरीय शिक्षालाई केवल परीक्षा परिणाममा सीमित नराखी जीवनपयोगी सीप, अनुशासन, नैतिकता र स्वावलम्बनसँग जोड्नुपर्ने उल्लेख गर्नु भयो । उहाँले शिक्षक, पाठ्यक्रम, पूर्वाधार, मूल्याङ्कन प्रणाली र अभिभावक–समुदायबीचको सम्बन्धलाई गुणस्तरीय शिक्षाको आधारका रूपमा व्याख्या गर्नु भयो । 

कार्यक्रममा वडा नं. ३ का अध्यक्ष राजकुमार बर्मा, सामाजिक विकास समिति संयोजक रामअचल धोबी, शिक्षिका कमला चपाई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रताप सिंह ठाकुर र प्रधानाध्यापक मालती कुमारी शाही लगायतले विद्यालयको शैक्षिक अवस्था, भर्ना अभियान तथा आगामी योजनाबारे धारणा राख्नु भएको थियो ।

कार्यक्रमकै अवसरमा गाउँपालिका अध्यक्ष खाँले कन्या विद्यालयलाई माध्यमिक तहसम्म सञ्चालन गर्न अनुमति पत्र प्रदान गरेका थिए, जसले जानकी गाउँपालिकामा छोरी शिक्षाको क्षेत्रमा नयाँ अध्याय थपेको छ ।

प्रतिक्रिया

Bimala Rawat ११ वैशाख २०८३, शुक्रबार

excellent idea

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार