मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नेपालगञ्जमा कोभिड १९ बिरुद्धको अभियानमा युवा

महमूद आलम खान 1133+ समाचार ( )
युवा स्वयम् सेवकहरुलाई जोखिमपूर्ण सञ्चार र सामुदायिक संलग्नता सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ ।
२९ पौष २०७८, बिहीबार

बाँके ‌। युवा स्वयम् सेवकहरुलाई जोखिमपूर्ण सञ्चार र सामुदायिक संलग्नता सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ । 

युनिसेफ नेपालको सहयोगमा बास नेपालद्धारा सञ्चालीत विकासका लागि सन्चार कार्यक्रम अन्तरगत नेपालगन्ज उपमहानगरपालिकामा रहेका युवाहरुलाई उक्त अभिमुखिकरण प्रदान गरिएको हो । 

नेपालगन्ज उपमहानगरपालिकामा रहेका १५ जना युवाहरुलाई नेपालगन्ज उपमहानगरपालिका तथा नेपाल भारत सिमा नाका जमुनाहामा कोभिड १९ बिरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्ने, नेपालगन्ज उपमहानगरपालिकाको कोभिड खोप अभियानमा सहयोग गर्ने, नेपालगन्जमा अनिवार्य मास्क अभियान सञ्चालन गर्ने लगायतका सचेतना मुलक अभियान सञ्चालन गर्ने उद्धेश्यले युवाहरुलाई अभिमुखिकरण गरिएको हो । 

पछिल्लो समय कोभिड १९ को नयाँ भेरीएण्ड ओमिक्रोन बिरुद्ध आम नागरिकहरुलाई सजग गराउदै ब्यवहार परिवर्तनका लागि समुदाय स्तरमा अभियानहरुसञ्चालन गर्ने बिषयमा छलफल भएको थियो ।

यसरि भएको अभिमुखिकणमा विकासका लागि सञ्चार कार्यक्रम संयोजक हेमराज भट्टले कोभिड १९ सक्रमणको रोकथाम प्रभावकारी उपाय जनस्वास्थ्यका मापदण्डहको सहि पालना, प्रभावकारी सञ्चार, व्यवहार परिवर्तनका मुद्धाहरु र समुदायमा युवाहरुले गर्न सक्ने कार्यहरुको बारेमा सहजिकरण गरेका थिए । अभिमुखिकरण पश्चात युवाहरुले कोभिड १९ को सक्रमण बढ्दै गएको अवस्थामा समुदायमा सचेतना फैलाउने अभियानमा संलग्न हुन पाउदा खुसी लागेको बताएका थिए ।

उनीहरुले अभिमुखिकरणबाट सिकेको कुरालाई समुदाय स्तरमा प्रयोगमा ल्याउने र आफ्नो भुमिका पूर्ण रुपमा निर्वाह गर्ने प्रतिबद्धता गरेका थिए । कार्यक्रम अन्तरगत नेपालगन्ज उपमहानगरपालिका र जमुनाहा नाकामा नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा कोभिड सचेतना अभियान सञ्चालन गरिनेछ । 

अभिमुखिकरणको सञ्चालन बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले गरेका थिए । बासले युनिसेफ नेपालको सहयोगमा बाल संरक्षण र विकासका लागि सञ्चार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार