मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नेपालगञ्जमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
९ फाल्गुन २०८२, शनिबार

बाँके । अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा शनिबार नेपालगञ्जमा साहित्यिक गोष्ठि सम्पन्न भएको छ। अवधी संस्कृतिक प्रतिष्ठानको आयोजना तथा विश्व हिन्दी महासभा नेपालको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

गोष्ठिमा मधेशी आयोगका पूर्व सदस्य विजय कुमार गुप्ताले नेपालका सबै भाषाको प्रतिनिधित्वसहित गरिएको कविता वाचनले देशको सांस्कृतिक बहुलता र मौलिक पहिचान उजागर गरेको बताउनुभयो । उहाँले संसारभर छरिएका नेपालीहरूले आफ्नो भाषा, साहित्य र संस्कृतिको विस्तार गरिरहेको उल्लेख गर्दै यस्ता बहुभाषिक प्रयासले नेपाललाई समान रूपमा समृद्ध बनाउन सक्ने धारणा राख्नुभयो ।

विश्व हिन्दी महासभाका केन्द्रीय सदस्य जगत तिमिल्सिनाले भाषा, संस्कृति र साहित्य जोगाउन सके मात्र सभ्यता र इतिहास सुरक्षित रहने बताउनुभयो । उहाँले जहाँ भए पनि नेपालप्रतिको माया र मातृभाषाप्रतिको प्रेम कहिल्यै कम नहुने जिकिर गर्नुभयो ।

नेपाल हज समितिका पुर्व सदस्य मेराज अहमद हिमालले नेपाल बहुभाषिक देश भएकाले सबै भाषाको समान हैसियत कायम राख्न यस्ता कार्यक्रमहरू महत्वपूर्ण हुने बताउनुभयो। कार्यक्रममा नेपाली, विभिन्न मातृभाषा र हिन्दी गरी एक दर्जन बढी कविहरूले आ–आफ्ना कविता वाचन गरेका थिए ।

अवधी संस्कृतिक प्रतिष्ठानका अध्यक्ष विष्णु लाल कुमालले अवधी जनजनको भाषा भएको उल्लेख गर्दै यसको संरक्षण, संवर्द्धन र विकासमा राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले वर्तमान संघीय संरचनामा सरकारी कामकाजको भाषाका रूपमा अवधीलाई मान्यता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

कार्यक्रममा पत्रकार मोहम्मद आरिफ अन्सारी, पवन जैयसवाल, जिनुहक हल्वाइ, सैयद असफाक रसुल हासमी, रेखा गुप्ता, सुशिला बैश्य, अनिता लामिछाने, कल्पना पौडेल, सहिदा शाह लगायतले कविता वाचन गरी मातृभाषाप्रतिको प्रेम र प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार