मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

श्रम समितिका सभापति खान कोप २८ मा सहभागी भएर श्रमिकहरुको समस्या बुझ्न कुवेत प्रस्थान

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
२१ मंगशिर २०८०, बिहीबार

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी वार्षिक राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) गत बिहीबारदेखि युएईको दुबइ सहरमा भएको कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा श्रम समितिका सभापति अब्दुल खान सहभागी हुनु भएको थियो ।

जलवायु परिवर्तनले सिर्जित विषम परिस्थिति र गहिरिँदो सङ्कटको चेतावनीका पृष्ठभूमिमा भइरहेको सम्मेलनमा अघिल्ला वर्षमा पनि चर्चामा रहेका जलवायु परिवर्तनको प्रभाव र न्यूनीकरणका प्रयाससम्बन्धी धेरै विषयमा बृहत् छलफल भएको सभापति खानले जानकारी दिनु भयो ।

सयौँ नीतिनिर्माताको यो विश्वव्यापी भेलामा जलवायु परिवर्तनको प्रभाव कम गर्न राष्ट्रसङ्घका सदस्यले जारी राखेका प्रयास, बितेको एक वर्षमा आयोजित कार्यक्रम तथा लक्ष्यको सघन समीक्षा, धनी राष्ट्रले गरिबलाई सहयोग गर्ने प्रतिबद्धतामाथिको जवाफदेहिता र पेरिस सम्झौतालगायत विगतका सम्झौता कार्यान्वयनको स्थिति, साथै हरितगृह ग्यास उत्सर्जन कम गर्ने र विश्ववापी तापक्रम वृद्धिलाई लक्ष्यअनुरुप नै कायम राख्न गरिनुपर्ने प्रतिबद्धतामा गम्भीर संवाद र वार्ता भएको थियो । 

कोप–२८ मा सहभागी हुनुका साथसाथै अबुधावीमा रहेका नेपाली राजदूतावासको समेत निरिक्षण गरि दुबईको लेवर क्याम्पमा पुगेर श्रमिकहरुको समस्याको बारेमा जानकारी लिनुका साथै समाधान कसरी गर्न सकिन्छ भन्ने राय लिनु भएको थियो । उहाँले आफ्नो समिति मार्फत समस्या समाधान गर्न विशेष भुमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । 

सभापति खान दुबइ स्थित बिभिन्न निकाय संग छलफल गरी राजदुतावासलाई श्रमिकहरुको अवस्थाको अध्ययन गरी प्रतिवेदन पठाउन निर्देशन समेत दिनु भएको थियो । उहाँ दुबइमो भ्रमण सकेर कुवेत प्रस्थान गर्नुभएको छ ।कुवेतमा पनि श्रमिकहरुको समस्याको बारेमा छलफल गर्ने बताउनु भयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार